Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु


  • 4.3K
    Shares

    हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ ।

    हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

    उनले यसबारे छानबिन गरिएको बताए ।  बुढाथोकीका अनुसार यो विषय छानबिनका लागि मन्त्रालयका अतिरिक्त सचिवसहितको टोली झापा पठाइसकिएको छ ।  उनले भने, ‘दीर्घरोगी, भोकोपेट भएका व्यक्तिले हात्तीपाइले विरुद्धको औषधी सेवन गर्नले उल्टी आउने गरेको छ, तर निधन भएको कुनै केस छैन ।’ 

    उनले अगाडि भने, विश्वभरमा खुवाइरहेको हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण मृत्यु हुनु संयोग मात्रै हो,’ उनले भने, ‘यदि हो भने करोडौँमा एक जना हुन्छ ।’

    भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको बिहीबार हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको बताइएको छ । 

    झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान जारी छ । 

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १५:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij