Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ जना घाइते

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ जना घाइते


  • 2.2K
    Shares

    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ जना घाइते

    काठमाडौ । सिराहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार व्यक्तिको मृत्यु भएको छ। 

    प्रहरीका अनुसार कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २–०१–००४ प ०८३५ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा साइकलयात्री कल्याणपुर नगरपालिका–९ कै ५७ वर्षीय बद्री यादवको मृत्यु भएको हो। 

    ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा आरके मेडिसिटी मुस्हर्निया धनगढीमा मृत्यु भएको हो।

    साथै ठक्करबाट घाइते अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकलमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ। 

    प्रहरीले मोटरसाइकल चालकलाई उपचारपश्चात् नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १३:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij