Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


  • 11.2K
    Shares

    चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

    चितवन । चितवनमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर-१७ का ५७ वर्षीय पुरुषको बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

    निमोनियाको समस्या भएपछि उनको मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो। अर्को दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयुमा राखेर उपचार थालिएको थियो।

    त्यस्तै सोही अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा-१० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ। बिहीबारमात्रै कोरोना संक्रमणसहित अस्पताल भर्ना भएकी ती महिलाको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - ११:२७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij