Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

धम्मवती गुरुमा अभिनन्दन तथा धम्मवती गौरव पदक समर्पण समारोह सम्पन्न

धम्मवती गुरुमा अभिनन्दन तथा धम्मवती गौरव पदक समर्पण समारोह सम्पन्न


  • 3.6K
    Shares

    धम्मवती गुरुमा अभिनन्दन तथा धम्मवती गौरव पदक समर्पण समारोह सम्पन्न

    काठमाडौं । सम्यक् सन्देशले अग्गमहागन्थवाचक पण्डित सासनधज धम्माचरीय भाषाथुवा धम्मवती गुरुमालाई सादर अभिनन्दन गरेको छ । थेरवाद बुद्ध धर्म तथा दर्शनको उपादेयतालाई प्रचारप्रसार गर्न आजीवन समर्पित उनलाई एक विशेष समारोहबीच सम्मानित गरिएको ‘सम्यक् सन्देश’का अध्यक्ष दीपक भेटुवालले जानकारी दिए । नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रेक्षालयमा ‘धम्मवती वीरता महोत्सव’ को आयोजना गरी ‘धम्मवती गौरव पदक’ अर्पण गरिएको हो ।

    IMG-20240428-WA0000.jpg

    उक्त अवसरमा धम्मवती वीरता महोत्सव तथा कार्यक्रम सफल पार्न तथा समाजका विविध क्षेत्रमा विशिष्ट योगदान दिएका मूर्धन्य व्यक्तित्वहरूमध्येबाट केशवती गुरुमा डा. धम्मविजय गुरुमा, कुशलञाणी गुरुमा, सदाचारी गुरुमा, साहित्यकार घनश्याम राजकर्णिकार, डा.सुमन कमल तुलाधर, केशवमान चित्रकार, सञ्चारकर्मी माधव घिमिरे ‘अटल’, कुमार रञ्जित, साहित्यकार हिरण्यकुमारी पाठक, सञ्चारकर्मी जयराम बिडारी, डा. रिना तुलाधर, अध्येता लोचनतारा तुलाधर, चित्र शोभा तुलाधर, अधिवक्ता तथा आख्यानकार गङ्गाप्रसाद भेटवाल, सञ्चारकर्मी सुरेश किरण मानन्धर, महिला अधिकारकर्मी तथा नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान, बेटी बज्राचार्य लगायत साढे तीन दर्जन विशिष्ट व्यक्तित्वहरूलाई धम्मवती गौरव पदक तथा प्रमाण(पत्रले सम्मानित गरिएको छ ।

    FB_IMG_1714307018882.jpg

    उक्त समारोहलाई सम्बोधन गर्दै धम्मवती गुरुमाले  ुहामी सबै हामी हुनुपर्छ, तिमी र म होइन । तसर्थ मति राम्रो हुनुपर्छ । मति राम्रो हुनासाथ गति राम्रो भइहाल्छ । यो मन पर्ने वा यो मन नपर्ने भनी पक्षपात गर्नु पापको द्वार खोल्नु हो । धर्मलाई कर्तव्य सम्झेर यस्तो पुनीत काम गर्नु दीपक भेटुवालको महानता हो,’ भने ।

    प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले बुद्ध दर्शन आफूलाई सर्वाधिक मन पर्ने दर्शन भएको जिकिर गर्दै शोषणले आक्रान्त समाजलाई बुद्धले  आफ्नो दर्शनद्वारा शान्तिपूर्ण रूपान्तरण गरे । 

    राईलेमूलतः  मानवले जुनकुनै अवस्थामा पनि पछ्याउनु पर्ने आफूलाई तीन कुरा लागेको बताए । पहिलो(समानताको दर्शन अर्थात् न ठुलो न सानो, दोस्रो– परिवर्तनशीलताको दर्शन अर्थात् अनित्यको दर्शन र तेस्रो– अहिंसाको दर्शन जसलाई सारा संसारले अनुशरण गर्नै पर्ने छ । 

    बुद्धकै देशमा बुद्ध दर्शनप्रति उदासीन भएकोमा उनले असन्तुष्टि पनि जनाए । थेरवाद सम्बन्धी काम गर्न नेपाल प्रज्ञाप्रतिष्ठान आफ्नै ब्यानरमा वा सहकार्यका निमित्त हात फैलाउन सदा तयार रहेको उनको स्पष्टोक्ति थियो ।

    बौद्धधर्म सम्बन्धी लेखक तथा अध्येता लोचनतारा तुलाधरले युवाहरुलाई बौद्ध ज्ञान दिनुपर्ने बताउँदै धम्मवती गुरुमाको अगुवाइमा स्थापना गरिएको धर्मकीर्ति विहारको संरक्षण उनकै सबल नेतृत्वमा सञ्चालन गरिएको राय व्यक्त गरिन् । 

    अन्तर्राष्ट्रिय ध्यान केन्द्र ताइवानको नेतृत्वमा नेपालमै आई गुरुमालाई सम्मान गरिनुले उनको प्रभाव देश देशावर भएको दाबी गर्दै ‘स्नेही छोरी’ उपन्यासबारे समेत सङ्क्षिप्त चर्चा गरिन् । 

    पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले परोपकारी, त्यागी र तपस्वी हुन सकेमा मात्र आफ्ना लक्ष्य र उद्देश्य पूरा हुने बताउँदै ती सबै कुरा धर्म दर्शनद्वारामात्र सम्भव हुने  अभिमत राखे । धम्मवती गुरुमालाई अभिनन्दन गर्ने कार्यक्रमको साक्षी बस्ने अवसर समेत ठूलो पुण्यको कमाइले मात्र पाइने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज पोर्चुगलकी सचिव गोमा रेग्मी तथा कवि राधा दुलाल कार्कीले गुरुमाको प्रसस्तिमा आआफ्ना रचना सुनाए ।

    विशेष अतिथि भिक्षु तपस्सीधम्म महास्थवीरले पुण्यानुमोदन गरेको सो समारोहको प्रमुख अभ्यागत भूपाल राईद्वारा पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो भने पूर्व भिक्षु डा।लक्ष्मण श्रेष्ठले उपस्थित पाहुनाहरूको स्वागत गरेका थिए ।

    कार्यक्रमका अध्यक्ष श्यामलाल चित्रकारले अन्तर्राष्ट्रिय स्तरमा सुविख्यात थेरवादी बौद्ध धर्मकी उपासक गुरुमालाई सम्मान गर्न पाउनु अहोभाग्य रहेको बताउँदै गुरुमाको ज्ञान र उपदेशलाई आत्मसात गर्न सकेमा ठूलो उपलब्धि हुने विचार व्यक्त  गरे । 

    सम्यक् सन्देशका सल्लाहकार तथा श्रद्धेय गुरुमा अभिनन्दन समारोह समितिका संयोजक चित्रकारकै सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।  

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १३:२१:४७ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij