Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

फेरी कोरोनाको त्रासः भारतबाट आएकामा संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही

फेरी कोरोनाको त्रासः भारतबाट आएकामा संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही


  • 6.7K
    Shares

    फेरी कोरोनाको त्रासः भारतबाट आएकामा संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही
    images

    छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए ।

    ‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ,’ उनले चिन्ता प्रकट गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लापरवाही छ । जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ ।’

    भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ । त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - ०८:२५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij