२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र २ करोड रुपैयाँ नगदसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij