Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 3.0K
    Shares

    आज पनि  बढ्यो सुनचाँदीको मूल्य,  कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि बिहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।  

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १०:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij