२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । तान्जानियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ ।
तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् ।
बाढी प्रभावित क्षेत्र छाड्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्’ कासिमले भनेका छन् ।
तान्जानियाको छिमेकी देशहरू केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब बनेको छ । ‘जनवरीदेखि अहिलेसम्म भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २३६ जना घाइते भइसकेका छन् ।’
संसद्मा बयान दिँदै मजलिवाले भनेका छन् । तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठुलो क्षति भएको र यसमा फसलको बर्बादी, सडक र रेलमार्गमा भएको क्षति पनि समावेश गरिएको बताइएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij