Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु


  • 3.3K
    Shares

    काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु

    काठमाडौं । शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

    उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौंमा मंगलबारदेखि एसईईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए ।

    शिक्षक संगठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले पारिश्रमिक बढाउने प्रक्रिया अघि बढिसकेको बताए । ‘उहाँहरूको माग जायज छ हामीले पहिले नै प्रक्रिया सुरु गरेका हौं र उहाँहरूको दायित्व पनि भएकोले तत्काल परीक्षण सुरु गर्न निर्देशन दिएका थियौं’, उनले भने ।

    परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षण प्रक्रिया सुरु भएको जानकारी पाएको बताए ।

    जिल्ला शिक्षा समन्वय एकाइहरूका अनुसार काठमाडौंमा उत्तरपुस्तिका परीक्षण सुरु भएको र ललितपुरमा तयारीका केही काम सकेर शुक्रबारदेखि सुरु गर्ने तयारी छ ।

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १२:४९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij