Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

यी हुन् नौ महिनामा सबैभन्दा बढी आयात भएका १० वस्तु

यी हुन् नौ महिनामा सबैभन्दा बढी आयात भएका १० वस्तु


  • 2.5K
    Shares

    यी हुन् नौ महिनामा सबैभन्दा बढी आयात भएका १० वस्तु
    images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिना अर्थात् चैत मसान्तसम्ममा नेपालमा सबैभन्दा धेरै पेट्रोल, डिजेल र ग्यास मात्र करिब २ खर्बको आयात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथयाङ्क अनुसार चैत मसान्तसम्ममा सबैभन्दा बढी आयात हुनेमा पेट्रोल, डिजेल र ग्यास रहेको देखिएको हो ।

    तथ्यांकअनुसार समीक्षा अवधिमा १ खर्ब ९४ अर्ब ४९ करोड रुपैयाँ बराबरको पेट्रोल, डिजेल र ग्यास आयात भएको छ । जसमा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख रुपैयाँको डिजेल, महिनामा ५० अर्ब २५ करोड ३९ लाख रुपैयाँको पेट्रोल र ४१ अर्ब ७६ लाख बराबरको एलपी ग्यास आयात भएको हो ।

    विभागकाअनुसार डिजेल आयतबाट ३९ अर्ब ९८ करोड १२ लाख, पेट्रोल आयतबाट २८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ र ग्यासको आयतबाट ७ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ सरकारले भन्सार राजस्व आम्दानी गरेको छ ।

    त्यस्तै, तथ्यांकले चौथो बढी आयात हुने वस्तुमा गालेर अर्ध तयार गरिएको फलामको कच्चा पदार्थजन्य वस्तु रहेको देखाएको छ । जसको आयात २८ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ बराबरको ६ खर्ब ७ अर्ब ५२ करोड ४७ लाख केजी परिमाणमा रहेको छ । जसबाट सरकारले ४ अर्ब ८ करोड ५४ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

    त्यस्तै, बढी आयात हुने पाँचौँ नम्बरमा उद्योगहरूले कच्चा पदार्थकै रूपमा प्रयोग गर्ने फलामका डन्डी पर्छ । जुन चालु आवको ९ महिनामा २७ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ बराबरको ३२ अर्ब ४२ करोड ६२ लाख केजी आयात भएको छ । जसबाट ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    स्मार्ट फोन पनि बढी आयात हुने वस्तु मध्ये छैटौं स्थानमा रहेको छ । चालु आवको चैत मसान्तसम्ममा २१ अर्ब ७५ करोड २८ लाख रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ पिस स्मार्टफोन आयात भयो । जसबाट सरकारले ४ अर्ब ५ करोड रुपैयाँ बराबरको भन्सार राजस्व आम्दानी गरेको छ ।

    त्यस्तै समीक्षा अवधिमा औषधि तथा फार्मेसीजन्य वस्तुहरूको आयात २० अर्ब ५६ करोड ८ लाख रुपैयाँ बराबरको भएको छ । जसबाट सरकारले १ अर्ब ३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    साथै, धेरै आयात हुने वस्तुको आठौं स्थानमा कोइला रहेको विभागको तथ्यांकले देखाएको छ । चालु आवको ९ महिनाको अवधिमा नेपालमा १७ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ बराबरको कोइला आयात भएको र सोबाट सरकारले ३ अर्ब ३१ करोड ६२ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

    त्यस्तै नेपालीले समीक्षा अवधिमा १६ अर्ब १२ करोड २५ लाख रुपैयाँको सुन आयात आयात गरेका छन् । जसबाट सरकारले २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - ०९:०२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij