२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले प्रत्येक बर्ष बैशाख १५ गतेका दिन राष्ट्रिय चिया दिवस मनाउने भएको छ । ‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ मूल नाराका साथ राष्ट्रिय चिया तथा कफि विकास बोर्डले २८ औँ राष्ट्रिय चिया दिवस मनाउने भएको हो ।
नेपालले विभिन्न मुलुकमा चियाको निर्यात गर्ने गर्दछ । अघिल्लो बर्षहरूमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा चिया रहदै आएतापनि हाल चिया निर्यात भने घटेको देखिएको छ ।
नेपालले निर्यात गर्ने अधिकांश बस्तु तथा सामानको प्रमुख बजार भनेको भारत नै हो । तर, भारतले बेलाबेलामा अवरोध खडा गरेका कारण निर्यात घटेको बोर्डले जनाएको छ । भारतले हिजो १२ गते बुधबार मात्रै चिया निर्यातमा गरेको अवरोध खुल्ला गरेको छ ।
भारतले यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । विगत एक हप्तादेखि रोकिएको उक्त ट्रकको निर्यात भारतले हिजो बुधबार मात्रै खुल्ला गरेको हो । भारतले समउसमयमा गर्ने यस्ता विविध कारणले चिया निर्यातमा कमी आएको व्यवसायीहरू बताउछन् ।
भन्सार विभागले सार्नजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को चैत मसान्तसम्ममा चियाको निर्यात १४.८० प्रतिशतले घटेको देखिएको हो ।
भन्सार विभागको तथयाङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनामा २ अर्ब ५४ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ७८ हजार ८९२ किलो चिया नेपालले विभिन्न मुलुकमा निर्यात गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधीको तसलनामा १४.८० प्रतिशतले कम हो । गत आर्थिक बर्ष नेपालले २ अर्ब ९८ करोड ३७ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ३३ हजार ४०९ किलो चिया निर्यात गरेको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल चियामा आत्मनिर्भर निर्यात गर्ने देशमा परे पनि भारतलगायत देशबाट आयात पनि भइरहेका छन् ।
२० हजार हेक्टरमा चिया खेती
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २० हजार हेक्टरमा चिया खेती भएको थियो । जसमा दुई करोड ६४ लाख एक हजार ९४२ केजी चिया उत्पादन भएको थियो । जसमा प्रत्यक्ष रोजगारी पाउने एक लाख बढी मानिस छन् ।
उत्पादित चियामध्ये अर्थोडक्स ३०, सिटिसी ३८ गरेर ६८ वटा ठुला उद्योग सञ्चालनमा छन् । देशमा १६० भन्दा बढी चिया बगान, १७ हजार बढी किसान त्यसमा आबद्ध छन् ।
नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ । उक्त परिमाणमध्ये ०।५ प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ । नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ को २० हजार २ सय १९ हेक्टरमा चिया खेती भएकोमा २६ हजार ३ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा २३ हजार ७ सय ४५ मेट्रिक टन र आर्थिक वर्ष २०७६÷७७ मा १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती हुँदा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।
३ बर्षमा ११ अर्ब बढीको चिया निर्यात
नेपालले ३ बर्षमा ११ अर्ब १६ करोड ८६ लाख रुपैयाँ बराबरको चिया विभिन्न मुलुकमा निर्यात गरेको छ । आर्थिक वर्षमा २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ लाख ९ सय २० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख ४ सय ९४ मेट्रिक टन चिया निर्यात भएको थियो । यस्तै, आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको चिया निर्यात भएको थियो ।
नेपाली चियाको मुख्य बजार भारत हो । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चियाको माग बढिरहेको छ । नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायत देशमा निर्यात हुँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij