२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौं र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को उत्तरपुस्तिका परीक्षण कार्य रोकिएको छ । शिक्षकहरूले पारिश्रमिक कम भएको भन्दै उत्तरपुस्तिका परीक्षण रोकेका हुन् ।
प्रमुख तीन दल निकटका शिक्षक संगठनले एक विज्ञप्ति जारी गर्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन् ।
नियमअनुसार एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी हुन चाहने शिक्षकका लागि सरकारले आह्वान गर्छ । सूचनाका आधारमा सम्पर्कमा आएकाहरूबाट विषयगत शिक्षकहरू छनोट गरिन्छ र एक दिनको अभिमुखीकरण तालिमपछि परीक्षणको काम सुरु हुन्छ ।
सोही अनुसार गत आइतबार ललितपुर र सोमबार काठमाडौंका शिक्षकहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । मङ्गलवारबाट पुस्तिका जाँच गर्ने कार्य सुरु हुन पर्ने थियो । तर त्यसो हुन सकेन । तालिम लिएर कापी जाँच हुनुपर्ने ठाउँमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संगठन र प्रधान र प्रगतिशील शिक्षक संगठन विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने घोषणा गरे ।
कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका लागि दिइने समान अर्थात ९प्रतिउत्तर पुस्तिका० ३० रुपैयाँ पाउनुपर्ने उनीहरूको माग छ । हाल एसईईको उत्तरपुस्तिका परीक्षणको २४ र सम्परीक्षणको ६ रुपैयाँ पारिश्रमिक तोकिएको छ । कर कट्टा गर्दा एउटा उत्तरपुस्तिका परीक्षणको २० रुपैयाँ जति शिक्षकको खल्तीमा पर्छ ।
नवनियुक्त शिक्षामन्त्रीले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइरहेको बेलामा उनलाई अप्ठेरो पार्न दलनिकट संगठनले यस्तो अडान लिएको अनुमान छ । उत्तर पुस्तिका जाँच गर्ने चाहना प्रकट गरेर तालिमसमेत लिएपछि अन्तिम घडीमा आएर पैसा नबढाए कापी नजाँच्ने अडान लिइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij