Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध


  • 2.9K
    Shares

    अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध

    वाशिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ । तल्लो सदन कंग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो ।

    यो विधेयकले टिकटकको सञ्चालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ । यदी बिक्री नगरेमा नौ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ । त्यो अवस्थामा बाइटडान्सले चिनियाँ अधिकारीहरूसँग त्यसको बिक्रीसम्बन्धी अनुमति लिनुपर्नेछ । त्यसको विरुद्धमा बेइजिङ रहेको छ । विश्लेषकहरूका अनुसार यो प्रक्रियाले लामो समय लिन सक्नेछ ।

    यससम्बन्धी मंगलबार भएको मतदानका क्रममा ७९ जना सिनेटरले पक्षमा मतदान गरेका थिए भने १८ जनाले विपक्षमा मतदान गरेका थिए । 
    “हामीले वर्षौंसम्म चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकामा एउटा धेरै पोपुलर एप्सको नियन्त्रण गर्न दियौं । त्यो खतरनाक रूपमा अदूरदर्शी काम थियो,” रिपब्लिकन सिनेटर मार्को रुबियोले इन्टेलिजेन्स कमिटीमा भनेका थिए ।

    “यसको एप बिक्री गर्न चिनियाँ मालिकलाई नयाँ कानुनको आवश्यकता पर्नेछ, यो अमेरिकाका लागि राम्रो पक्ष हो,” उनले भनेका छन् । बीबीसी

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १०:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij