Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टान सदस्यले गरिमा विकास बैंकमा सहुलियतमा सरल कर्जा पाउने

टान सदस्यले गरिमा विकास बैंकमा सहुलियतमा सरल कर्जा पाउने


  • 2.4K
    Shares

    टान सदस्यले गरिमा विकास बैंकमा सहुलियतमा सरल कर्जा पाउने

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थालाई कर्जामा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । 

    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार टानका सदस्यलाई गरिमा बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै, पाँच लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने पनि जनाएको छ ।

    यो सेवाले टान सदस्यलाई व्यापार–व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । टानले बैंकलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठनसँग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको छ । 

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - ०७:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij