Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा 

सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा 


  • 3.4K
    Shares

    सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा 
    images

    काठमाडौँ । सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख १० हजार ३०७ कित्ता शेयर बिक्रीमा राखिएको हो।

    बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि उनीहरुलाई ३५ दिनको अवधि दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजपत्रसहित लिखित निवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - ०९:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij