Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेयो, कतिको भयो निर्यात ? 

नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेयो, कतिको भयो निर्यात ? 


  • 2.2K
    Shares

    नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेयो, कतिको भयो निर्यात ? 
    images

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मा नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैेदेशिक व्यापार तथ्उाङ्क अनुसार साउन देखि चैत्र मसान्तसम्ममा सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको देखिएको हो ।

    गत आर्थिक वर्ष २०७९/८० को ९ महिनामा नेपालले जम्मा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ३२९ टन सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो । तर, चालु आर्थिक बर्षको चैत महिनामा मात्रै ५० करोड २८ लाख बढीको सिमेन्ट निर्यात भएको छ।

    यता, चालू आर्थिक वर्षका ९ महिनामा नेपालले २ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको २५ लाख ९ हजार ५७८ टन सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । गत वर्षको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा सिमेन्ट र क्लिङ्कर निर्यात परिमाणमा ४४० प्रतिशतले र मूल्यमा ६०२ प्रतिशतले बढेको छ ।

    यो अवधिमा १ अर्ब ४७ करोड ८९ लाख ४१ हजार रुपैयाँ बराबरको ४ लाख ३९ हजार १०५ टन क्लिंकर निर्यात गरेको छ भने १ अर्ब ४९ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको २० लाख ७० हजार ४७३ टन सिमेन्ट निर्यात गरेको छ । नेपालबाट निर्यात भएको सिमेन्ट र क्लिंकर गन्तव्य सबै भारत रहेको छ । 

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - ०९:१४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij