२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । नेपालले दुई दर्जन बढी भन्सार नाकाबाट वैदेशिक व्यापार गर्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु अर्थिक बर्ष २०८०/८१ को चैत मसानतसम्ममा २७ भन्सार कार्यालय र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान निकासी र पैठारी हुने गरेको हो ।
वैदेशिक व्यापारकै लागि चोभार र वीरगन्ज सुख्खा बन्दरगाहमा भन्सार कार्यालय समेत रहेका छन् । दुई छिमेकी देश चीन र भारतसहित तेस्रो मुलुकसँग तिनै २७ नाका र दुई विमानस्थल हुँदै वैदेशिक व्यापार हुने गरेको हो ।
२७ नाकामध्ये सबैभन्दा धेरै वस्तु निर्यात त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाटबाट र सबैभन्दा धेरै आयात वीरगन्ज नाकाबाट भएको तथ्याङ्कले देखाएको छ । यस्तै, ११ नाकाबाट भने निर्यात शुन्य देखिएको छ ।
सबैभन्दा धेरै निर्यात त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाट
चलु आर्थिक बर्षको चैत मसान्तसम्ममा सबैभन्दा धेरै वस्तु तथा सामान निर्यात त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाट भएको छ । चैत मसान्तसम्ममा त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाट २५ अर्ब ६० करोड ८० लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसार यो कुल निर्यातको २२.४७ प्रतिशत हिस्सा हो ।
यस्तै, सोही अवधीमा यस नाकाबाट १ खर्ब २ अर्ब ६२ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । जुन कुल आयातको ८.७९ प्रतिशत हिस्सा हो ।
यी हुन् निर्यात शुन्य भएको भन्सार कार्यालय
स्रोतः भन्सार विभाग
सबैभन्दा धेरै आयात वीरगन्ज नाकाबाट
चैत मसान्तसम्ममा सबैभन्दा धेरै वस्तु तथा सामानको आयात वीरगन्ज नाकाबाट भएको छ । यस नाकाबाट ९ महिनामा ४ खर्ब २ अर्ब १० करोड ३२ लाख ८४ हजार रुपैयाँ बारबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.४५ प्रतिशत हो । यस्तै, २२ अर्ब ६३ करोड ३६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । जुन कुल निर्यातको १९.८६ प्रतिशत हिस्सा हो ।
अन्य कुन भन्सार कार्यालयबाट कतिको भयो आयात निर्यात ?
स्रोतः भन्सार विभाग
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij