२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससमम्ममा ग्लोबल आइएमई बैंक लिमिटेडले तीन अर्ब ३० करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार समीक्षा अवधिमा बैंकले नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ रहको छ । जुन गत आवको तुलनामा २४.१३ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।
यस्तै, चैत्र मसान्तसम्म आइपुग्दा बैंकको कुल संचालन आम्दानी १३.७४ प्रतिशतले बढेर १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । गत वर्षको यही अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
समीक्षा अवधिसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६०.९२ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ४.८८ रुपैयाँले घटेर १२.२ रुपैयाँ भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij