२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा तीन अर्ब २७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा वित्तिय विवरण अनुसार बैंकले तीन अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा अर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा बैंकले तीन अर्ब चार करोड ६१ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो ।
त्यस्तै, बैंकले नौ महिनामा ३२ अर्ब रुपैयाँ कूल ब्याज आम्दान गरेको छ । त्यस्तै, यस अवधीमा २१ अर्ब रुपैयाँ ब्याज प्रदान समेत गरेको छ । बैंकको खुद ब्याजद आम्दानी ११ अर्ब रुपैयाँ छ ।
अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । बैंकले नौ महिनामा खुद फि र कमिशन बापत मात्रै एक अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब ५ करोड रुपैयाँ थियो ।
यता, बैंकको खराब कर्जा ३.९६ प्रतिशबाट बृद्धि भई ४.६६ प्रतिशत पुगेकोछ । कूल ३४ अर्ब १२ करोड चुक्ता पुँजि भएको नेपाल इन्भेष्टमेन्ट बैंकको अन्य वित्तिय सूचांक बृद्धि भएको देखिएको छ ।
चार खर्ब तीन अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको बैंकबाट तीन खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकको वितरणयोग्य मुनाफ एक अर्ब ६० करोड ९९ लाख छ हजार ऋणात्मक रहेको छ ।
बैंकके प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४४३.८५ रुपैयाँ रहेको छ । त्यस्तै, एनपिएल ४.६६ प्रतिशत, बेसरेट ८.५२ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij