२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका - १२ स्थित नवनिर्मित आफ्नै भवनबाट बैंकिङ कारोबार शुरू गरेको छ ।
यही वैशाख ४ गते मंगलवार आयोजित एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा बैंकिङ कारोबारको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मेयर खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ भवनबाट कार्य शुभारम्भ गरेको भन्दै खुशी व्यक्त गरे । साथै उनले बैंकलाई अझै उचाइमा लैजान सञ्चालक एवं व्यवस्थापन समितिलाई आग्रह गर्दै शुभकामना दिए ।
यस्तै, बैंक सञ्चालक समितिका अध्यक्ष केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए । लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा आफू हर्षित भएको उनले बताए ।
साथै बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौता नगर्ने उनले बताए ।
उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुखलगायत बैंक सञ्चालक समितिका पदाधिकारी, उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij