Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने


  • 2.2K
    Shares

    ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

    काठमाडौँ। ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ। 

    आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको हो। 

    बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम तीन हजार दुई सय १० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो। 

    बैंकको क्रेडिट कार्डबाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। 

    साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकललाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाइनेछ। 

    प्रकाशित मिति :बैशाख ४ २०८१ मंगलवार - ०६:४७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij