Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैशाखका लागि एनआईसी एसिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?

वैशाखका लागि एनआईसी एसिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?


  • 3.1K
    Shares

    वैशाखका लागि एनआईसी एसिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति दिन्छ ?

    काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । बैंकले चैत्र महिनाका लागि अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

    बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत, ३ महिनादेखि १२ महिनाका लागि ७.१०० प्रतिशत, १२ महिनाका लागि ७.७५० प्रतिशत, १२ महिनादेखि १८ महिनासम्मका लागि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ७.७५० प्रतिशत ब्याजदर दिने भएको छ ।

    बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - ०८:५३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij