Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैशाखको लागि ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर,  कुन बचत खातामा कति ?

वैशाखको लागि ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर,  कुन बचत खातामा कति ?


  • 3.0K
    Shares

    वैशाखको लागि ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर,  कुन बचत खातामा कति ?

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

    बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत्र महिनाका लागि बैंकले अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकले वैशाख महिनामा संस्थागततर्फ ६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत तथा १ वर्षदेखि माथि ६ प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकले वैशाखमा साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशत र अधिकतममा ४.५० प्रतिशत र ग्लोबल रेमिट सेभिङमा ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ । 

    चैत्र महिनामा बैंकले न्यूनतम ३.८५ र अधिकतममा ४.८५ र ग्लोबल रेमिट सेभिङमा ५.८५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - ०८:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij