Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

हेलम्बुको कक्षा ८ : ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण

हेलम्बुको कक्षा ८ : ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण


  • 3.5K
    Shares

    हेलम्बुको कक्षा ८ : ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ ।

    २ संस्थागत विद्यालय सहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिनुभयो ।

    अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना विद्यार्थी रहेको लामाले जानकारी दिनुभयो । लामाका अनुसार ३.६ जिपिए ल्याउने २५ जना,३.२ जिपिए ल्याउने ४७ जना, २.८ जिपिए ल्याउने १०२ जना, २.४ जिपिए ल्याउने ६६ जना र २.० जिपिए ल्याउने ९ जना विद्यार्थी छन् । ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षामा गरेको लगानी खेर नगएको बताउनुभयो । उहाँले गतबर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरिय परिक्षामा नतिजा लाजमर्दो आएको उल्लेख गर्दै यसबर्ष उल्लेख्य सुधार आएको दावि गर्नुभयो ।

    अध्यक्ष शेर्पाले आफुले शिक्षामा विशेष चासो दिएको भन्दै शिक्षामा गरेको लगानी अहिलेको नतिजाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्नुहुने शिक्षक,विद्यार्थी,पालिकाको शिक्षा शाखाका कर्मचारी,अभिभावक लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा शत प्रतिशत विद्यार्थी उतिर्ण गर्नेगरि लाग्नका लागि आग्रह गर्नुभयो ।

    प्रकाशित मिति :चैत्र २९ २०८० बिहिवार - ०५:५३:१७ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij