Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरियन भाषा

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण 

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण 


  • 6.0K
    Shares

    कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण 

    काठमाडौं । ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो । 

    उक्त शाखाले उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सो क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन् । 

    पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ । दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  

    परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ । अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ । 

     

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - १४:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij