Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दैनिक बढ्दै आँखाका रोगी : आठ महिनामा नेपाल आँखा अस्पतालमा पुगे एक लाख बढी बिरामी

दैनिक बढ्दै आँखाका रोगी : आठ महिनामा नेपाल आँखा अस्पतालमा पुगे एक लाख बढी बिरामी


  • 2.5K
    Shares

    • images
    दैनिक बढ्दै आँखाका रोगी : आठ महिनामा नेपाल आँखा अस्पतालमा पुगे एक लाख बढी बिरामी
    images

    काठमाडौं । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् ।  कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो ।

    नेपाल आँखा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१र०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । उनले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताए। उनले इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताए। उनले आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताए । उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए ।

    उनले ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए । उनले अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको बताए ।

    उनले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताए। गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको बताए । 
     न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - ०६:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij