२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । अभिनेता तथा मोडल पल शाह अभिनित ‘घरवाली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पल पछिल्लो समय म्युजिक भिडियोमा धेरै नै व्यस्त छन् । हप्तामै उनका धेरै म्युजिक भिडियो रिलिज हुन्छ ।
संगीतकार कमल अधिकारीको शब्द तथा संगीत संयोजन रहेको ‘घरवाली’९ पैसा खन खन० सार्वजनिक भएको हो । जसमा विष्णु थापा (सरगम)को स्वर रहेको छ ।
भिडियोमा नायक पल शाहकी घरवालीको रूपमा पछिल्लो समयकी निकै नै चर्चित मोडल रियाशा दाहाल देखा परेकी छन् ।
गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवाल हुन् । गीतमा निर्देशक विक्रम चौहानको निर्देशन अर्जुन तिवारीको छायाँकन रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij