Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भिटोफ-नेपालको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

भिटोफ-नेपालको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण


  • 2.9K
    Shares

    भिटोफ-नेपालको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटाेफ-नेपाल)को नवनिर्वाचित कार्यसमितिले एक समारोहबीच राजधानीस्थित आफ्नै कार्यालयमा पदभार ग्रहण गरेको छ ।

    पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शकुन्तला देवकोटाले आफ्नो समितिलाई निर्विरोध चयन गर्न माहोल बनाउने निवर्तमान कार्यसमिति लगायत तमाम सरोकारवालालाई हार्दिक बधाई ज्ञापन गरिन् ।

    नवनिर्वाचित कार्यसमितिको तर्फबाट सम्बोधन गर्ने सिलसिलामा देवकोटाले आफ्नो बुद्धि,विवेक, बर्कत र औकातले भ्याएसम्म भिटाेफ-नेपालको गरिमा उचो राख्ने वाचा गरिन् ।

    निवर्तमान अध्यक्ष गोपाल थापाले पदभार हस्तान्तरण गर्दै आफूले चाहेजस्तो गर्न नसके पनि भिटाेफ-नेपालको उद्देश्य हासिल गर्न आफूले भरमग्दुर कोसिस गरेको बताए ।

    संस्थाको गरिमा कायम राख्न सकेकोमा उनले सन्तोष व्यक्त गरे । पूर्व अध्यक्ष बोधराज भण्डारीले विभिन्न अवरोधका कारण हालसम्म सम्पन्न गर्न नसकिएका र थाती रहेका कामहरू अविलम्ब सम्पादन गर्न आवश्यक रहेको खाँचो औँल्याउँदै संस्थाले आवश्यक ठानेमा आफू कदम कदममा साथ दिन तयार रहेको स्पष्ट पारे ।

    त्यसरी नै अर्का पूर्व अध्यक्ष शिव लामिछानेले वर्तमान कार्यसमितिले आफूलाई सम्झेमा भिटाेफ-नेपाललाई दृढतापूर्वक अघि बढाउने दर्मियानमा काँधमा काँध मिलाउन आफू लाग्ने जिकिर गरे । सो कार्यक्रमकै बिच पूर्वी पहाडी जिल्ला सङ्खुवासभाबाट घरबास (होम स्टे) प्रवर्धन गरिदिन प्रस्ताव आएको थियो ।

    पदभार ग्रहण गर्नासाथ यस्तो प्रस्ताव आएकोमा नवनिर्वाचित अध्यक्ष देवकोटाले खुसी प्रकट गरिन् र आफूहरूले प्रस्तावलाई गहनतापूर्वक लिएर आवश्यक पहलकदमी लिने जानकारी गराइन् ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १४:३७:३९ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij