२०८२ भाद्र ३ गते मंगलवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ र तत्कालकाे अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कामहरु सजिलै सम्पादन हुँनेछन् । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घर परिवारसँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानि हुँने हुनालेदैनिकि सहज मार्गमा अगाडि बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij