Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम

आज पनि पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज पनि पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


  • 3.0K
    Shares

    आज पनि पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।

    यतिबेला (आइतबार बिहान) कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। दिउँसो देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

    आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ।  राति गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    प्रकाशित मिति :चैत्र १८ २०८० आइतवार - ०५:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij