२०८२ भाद्र २ गते सोमवार
म्याग्दी । नयाँ शैक्षिकसत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्रीवितरण थालेको छ । सामूहिक लगानीमा बिक्रि कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
‘हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ, विद्यार्थीको अनुमानित संख्याका आधारमा पुस्तक ल्याएका छौँ,’ उनले भने, ‘अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तकसमेत ल्याउने प्रबन्ध मिलाएका छौँ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।’
विसं. २०७२ देखि म्याग्दीका पुस्तक व्यवसायीले सामूहिकरुपमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । यो वर्ष महासंघमा आबद्ध जिल्लाका २८ जना व्यवसायीले एक करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीका लागि पाठ्यपुस्तक ल्याएको जनाएको छ ।
यसैबीच बिहीबार बेनीमा सामुदायिक विद्यालयमा सरकारी पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा पुस्तक व्यवसायी र सरोकारवालाबीच अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले विद्यार्थीलाई शैक्षिकसत्रको सुरुआतमै पाठ्यपुस्तक हातहातमा पु¥याउने तत्परताका लागि व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए ।
शैक्षिकविद्हरूले शिक्षामन्त्री सुमना श्रेष्ठले शैक्षिकसत्र सु्रुवात अगावै पाठ्यपुस्तक विद्यार्थीको हातमा थमाइदिने बाचा खेर गएको टिप्पणी गरेको छन् । उनीहरूले मन्त्री श्रेष्ठले पाठ्यपुस्तक सम्बन्धित विद्यालयमार्फत विद्यार्थीहरूलाई वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।
श्रेष्ठले पदभार ग्रहण गरेलगत्तै देशका सबै सामुदायिक विद्यालयमा शैक्षिकसत्र अगावै पाठ्पुस्तक पुर्याउने बताएकी थिइन् । तर, उनले विद्यालयमा पुर्याउनुको साटो व्यापारीको पसल–पसलमा बिक्रीका लागि थन्काइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij