Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

हेलम्बुको शेर्माथाङमा ३ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

हेलम्बुको शेर्माथाङमा ३ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने


  • 4.3K
    Shares

    हेलम्बुको शेर्माथाङमा ३ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

    सिन्धुपाल्चोक। हेलम्बुमा हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएको छ। २५ सय मिटरको उचाइमा ३ लाख पुरस्कार राशिको बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुन लागेको हो। सो प्रतियोगिता हेलम्बु ग्रेटको नजिक पर्यटकीयस्थल शेर्माथाङमा हुनेछ।

    खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। प्रतियोगिता २०८० चैत्र २३ देखि ३० गतेसम्म हुने छ।

    पुरुषतर्फको खेल चैत्र २३ देखि २६ गतेसम्म हुनेछ। यसैगरी, चैत्र २७ गतेदेखि ३० गतेसम्म महिलातर्फका खेल हुने पालिकाले जनाएको छ।

    खेलमा प्रथम हुने महिला तथा पुरुषको टोलीले ३ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र पुरस्कार पाउनेछ। यसैगरी द्वितीय हुने टोलीले १ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले ७५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

    उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र दिइने आयोजकले बताएको छ।

    Messenger_creation_a611c9dd-4580-49d7-9801-8995d18893a0 (1).jpeg

    प्रकाशित मिति :चैत्र १६ २०८० शुक्रवार - ०८:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij