Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते


  • 1.8K
    Shares

    जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
    काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । 
     
    शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् । 
     
    घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि विर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पु¥याएको प्रहरी निरीक्षक गिरीले बताए । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
     
    यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । जङ्गली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ । हात्तीले गोठमा रहेको धानसमेत खाएको छ । हात्तीले यसअघि मङ्गलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो ।
     
    हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १२:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij