Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

‘बरा’ बनेका बाबुराम !

‘बरा’ बनेका बाबुराम !


  • 5.0K
    Shares

    ‘बरा’ बनेका बाबुराम !
    images

    धेरै अगाडि नजाऔं । २०५२ साल फागुन १ गतेबाट जनयुद्धको थालनी भयो । त्यसक्रममा बाबुराम र प्रचण्डबिच कहिले सहकार्य र एकता त कहिले संघर्ष हुँदैरह्यो  । दसबर्षे जनयुद्ध चरम उत्कर्षमा पुगेपछि माओवादी पार्टीले संविधान सभामा जाने निर्णय सहित १२ बुँदे सम्झौता ग¥यो । त्यसैबेला देखि प्रचण्ड र बाबुराम बिच कहिले बैचारिक त कहिले शक्ति हत्याउने संघर्ष सुरु भयो । कहिले क्रान्ति त कहिले शान्ति  र संविधान हुँदै पार्टी अगाडि बढ्दै पालुङटार बैठकसम्म आईपुग्दा त यी दुई नेताको संघर्ष सडकसम्मै छताछुल्ल हुने गरि पोखियो । प्रचण्ड, वैद्य र बाबुराम गुटको छुट्टाछुट्टै छलफल र अन्तरक्रियाहरु भए त्यहाँ । एकले अर्कोलाइ खुइल्याउने र निषेध गर्नेसम्मको काम भयो । एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्ने हालतमा गुटका नेता कार्यकर्ताहरु पुगे । उक्त बैठकले वैद्यको लाइनलाई पार्टीको नीति बनाएर अगाडि बढ्ने निर्णय ग¥यो तर त्यहाँबाटै गुट र फूटको बिजारोपण भयो ।

    गुटको झगडाले माओवादीलाई कुनैपनि कोणबाट फाइदा भएन । बरु माओवादीको ओह्रालो यात्रा सुरु भयो । माओवादी पार्टी कमजोर हुँदैमात्र गएन, अन्ततः माओवादी पार्टी फुट्न पुग्यो जसले माओवादीलाई मात्रै कमजोर बनाएन, सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नै कमजोर र धराशायी बनायो ।

    हजारौं सहिदहरु र बेपत्ता पारिवारका सपनाहरुमाथि घात गर्ने काम पार्टी फुटमार्फत भयो । लाखौं कार्यकर्ताको भावनालाई वैद्य, बाबुराम र विप्लवहरुले बुझ्न सकेनन् या चाहेनन् । पार्टी फुटाएर अध्यक्ष बन्ने र शक्ति आर्जनमार्फत रजाईं गर्ने महत्वाकांक्षाले अहिले वैद्य, बाबुराम र विप्लवहरु कहाँ पुगेका छन्, सबैले देखिराखेकै छन् । 

         गुटमा लागेर गुटको राजनीति गरेर क्षणिक शक्ति हातलागेपनि र कुनै गुटकाले सरकार र मन्त्रीको ‘लाभ’ हातपरेपनि त्यो पानीको फोका र मूतको न्यायो सिवाय केही बन्न सकेन भन्ने प्रमाणित भइसकेको छ । ६० प्रतिशत भन्दा बढी जनता कम्युनिष्ट भएको देशमा जनताले दिएको विश्वासलाई नजरअन्दाज गरेपछि प्रचण्डले जेनतेन माओवादीको प्राण बाँकी राखिराखेपनि बाँकी फुटपन्थीहरुभने अहिले अस्तित्वको लडाईं लडिरहेको साँचो हो ।

    पालुङटार बैठकले पारित गरेको नीतिविपरीत पार्टी हिँडेपछि त्यसैलाई निहूँ बनाएर बैद्यसहितको एउटा समूहले माओवादीबाट अलग हुँदै ‘क्रान्तिकारी माओवादी’को रुप धारण ग¥यो । वैद्य पार्टीबाट अलग भएपछि त्यस्तै महत्वाकांक्षा बोकेर बाबुरामले ‘अब नेपालमा कम्युनिष्टको पसल चल्दैन’ भन्दै ‘नयाँ शक्ति’ जन्माए ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बडो तामझामका साथ जन्मिएको ‘नयाँ शक्ति’ले एउटा उभार ल्याउने अपेक्षा गरिएको थियो तर उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमसँग नयाँशक्तिलाई मिसाएर ‘जनता समाजवादी पार्टी’ बनाएपछि उनको राजनीतिको ओह्रालो यात्रा सुरु भयो ।

    नयाँ शक्ति, जसपा, संघीय समाजवादी हुँदै नेपाल समाजवादी पार्टीसम्म आईपुग्दा ‘बाबुराम दाई’ सबैको विश्वास गुमाउँदै लगभग एक्लो बन्न पुगेका छन् । उनलाई विश्वास गर्ने र फुटको निम्ति उक्साउने सबैजसो या त एमाले भएका छन् या त आफ्नै मूल पार्टी माओवादीमा फर्किसकेका छन् । एउटा छुट्टै क्षमता र विशेषता बोकेका र कुनैदिन उनैको लाईनमा चलेको माओवादीका तात्कालीन शक्तिशाली नेता बाबुराम भट्टराई अहिले ‘बरा’को हालतमा पुग्नु उनको लागि मात्रै होइन, सम्पूर्ण नेपालीकै निम्ति बिडम्वनाको विषय हो ।

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - ०७:१८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij