Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पढाइसँगै च्याउखेतीमा  देवश्वरीका विद्यार्थी

पढाइसँगै च्याउखेतीमा  देवश्वरीका विद्यार्थी


  • 7.0K
    Shares

    पढाइसँगै च्याउखेतीमा  देवश्वरीका विद्यार्थी

    बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । 

    विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताउनुभयो । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उहाँले सुनाउनुभयो ।

    अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको उहाँले बताउनुभयो ।

    यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउ उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थी स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताउनुभयो । बजार पाएमा च्याउखेतीबाट मनग्य आम्दानी हुने उहाँको भनाइ छ ।

    विद्यार्थीले च्याउखेतीका लागि टनेल तयार गरी पहिलोपटक १५० पोकामा बीउ राखेका छन् । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ ।

    झण्डै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न विद्यालयबाट सहयोग पाएको बताएका छन् । रासस

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - ११:०२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij