Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब २३ करोड

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब २३ करोड


  • 2.7K
    Shares

    दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब २३ करोड

    काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार पुन दोहोरो अंकले घटेको हो । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको छ ।

    बुधबार ३१० कम्पनीका ४४ हजार २ सय ५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५ सय ३४ रुपैयाँ रहेको छ ।

    आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको रहेको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८० बुधवार - १५:२७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij