Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०८० चैत १४ गते (बुधवार)

आजको राशिफल : २०८० चैत १४ गते (बुधवार)


  • 7.6K
    Shares

    आजको राशिफल : २०८० चैत १४ गते (बुधवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    बोलीको गलत अर्थ लाग्न सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    प्रयत्न गर्दा यात्राको साइत भने जुर्न सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :चैत्र १४ २०८० बुधवार - ०५:३०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij