Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

क्षयरोगका कारण २५ जनाको मृत्यु

क्षयरोगका कारण २५ जनाको मृत्यु


  • 2.4K
    Shares

    • images
    क्षयरोगका कारण २५ जनाको मृत्यु
    images

    काठमाडौँ । डडेल्धुरामा क्षयरोगको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । 

    जिल्लामा पछिल्ला पाँच वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७६-७७ मा ३ जना, आव ०७७-७८ मा ६, आव ०७८-७९ मा ३, आव ०७९-८० मा ७ र चालु आर्थिक वर्ष ०८०-८१ को फागुनसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकमा उल्लेख छ । 

    चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए ।

    क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ ।

     जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११-११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकामा ९-९ जना संक्रमित भेटिएका छन् । यस वर्ष डडेल्धुरामा सङ्क्रमितको पत्ता लगाउनुपर्ने संख्या ३ सय २४ थियो ।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १६:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij