Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगे

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगे


  • 2.9K
    Shares

    परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगे

    काठमाडौँ । बेइजिङ  चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।

    चीनको अन्तर्राष्ट्रिय विमानस्थलमा बेइजिङस्थित डाक्सिङ विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेशमन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे ।

    उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम रहेको  छ ।

    उपप्रधानमन्त्री नारायणकाजी  श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन सिपिपिसिसी का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १२:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij