Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

तिम्रो मस्त-मस्त जवानिले हामी बाँचेको त्यो क्षण !

तिम्रो मस्त-मस्त जवानिले हामी बाँचेको त्यो क्षण !


  • 8.2K
    Shares

    तिम्रो मस्त-मस्त जवानिले हामी बाँचेको त्यो क्षण !
    images

    हिँडदा–हिँडदा लखतरान भइसकेको जिन्दगीलाई जबरजस्ती घिसार्दै त कँहि–कतै ओरालोमा हुत्याउदै, जसो तसो तामाकोशीको नँया पुलसम्म झार्यौ । हुन त तौँथलिबाट कालिन्चोक आसपास कुरि–देउराली हुँदै, लापिलाङ्ग तिरबाट लामिडाडाहुदै सम्पर्कमा पुग्न छिटो र सुरक्षित पनि हुन्थ्यो ।

    तर, काटाकुटीमा महत्वपुर्ण भेटघाटको काम अनि कमरेड दिपक लाइपनि सँगै  लिएर जानुपर्ने पनि भएकोले त्यतैको रुट तय गरियो । सिन्धुपाल्चोकको तौँथलीदेखि मुढे, दोलखाको लाँकुरिभन्ज्याङ्ग, काटाकुटी, नयाँपुल, नाम्दुहुदै क्षेत्रपा अनि जुगु सम्मको लागी ‘दिवा यात्रा’ यानेकी ‘दिउसै डे मुभ ?’ थियो त्यो यात्रा । ओ हो ! हिँडेर आइपुग्न त्यो कोच्याङ्ग–खाँद कत्तिधेरै बाटो छ भन्नेकुरा हिड्नेहरुलाइ मात्र थाहा हुन्छ ।

    तामाकोशीको नँयापुल ! अतिधेरै संबेदनशिल नाका पनि हो  । ०५५ को असारमा  तत्कालिन ४ न.जिल्ला सेक्रेटरी गंगा कार्की क. विश्वको नेतृत्वमा रहेको  टिम पुल क्रस गर्ने क्रममा राती घेरामा परेर कमाण्डोले गोलिबर्षाउदा दोहोरो भिडन्तमापरि कमरेड सरदको भौतिक शरीर पुलको बिचमै ढलेर अरु बाँकी साथिहरु मुस्किलले  बाँचेको अत्यन्तै खतरनाक र संबेदनशिल नाका पनि हो नयाँ पुल । प्राय कमाण्डो प्रहरीको गस्ती र एम्बुस भैरहेने ठाउँ हो नयाँ पुल।

    अत्यन्तै साबधानी पुर्बक  यता उति पल्याक–पुलुक नजर डुलाएँ मैले । म आँफु पनि तत्कालिन अबस्थाको जिल्लाको इन्टेलिजेन्ट बिभागको ठुलैमान्छे पो हो त नि ! ओ पि पनि आफै,रुटर र एफ जि ज्ञ पनि आफै अनि टिम कमाण्डर पनि आँफै हैट ! अल राउन्डरनै होनित म पनि ! तिनका सिआइडिहरुले झै अनुसन्धान गर्न,आसपासको वातावरण हेरेर परिस्थितिको आकलन गर्न अनि हावा सुँघेर गन्ध पत्ता लाउन धेर–थोर हामिलाइपनि आउथ्यो,निआउन त ! तर त्यो दिन  धेरै पर कोसि पारितिरको हावालाइ पो सुँघ्न सकिएन छ त ! तर, त्यहिको हकमा खासै त्यस्तो संकाष्पद अबस्था लागेन । बसमा जाने कि हिडेर जाने भन्ने बारेमा हाम्रो बहस चल्दै थियो । बसमा नै जाने भन्नेबारेमा साथिहरुको जिद्दी थियो ।

    अखिल क्रान्तिकारिको केन्द्रीय सम्मेलनमा सहभागि हुन  तत्कालिन ओखलढुङ्गा जिल्ला संयोजक शरदचन्द्र रसाइली र बिध्यार्थी प्रतिनिधि करुणा ढुङ्गेललाई काठमाडौँ पठाउन सिन्धुपाल्चोक जिल्लाको तौँधथलीमा टिम सम्पर्कमा छाडेर, तौथलिहुदै मुडे आसपासबाट लाँकुरिभन्ज्याङ्ग, काटाकुटि, चरङ्गेखोलै–खोलाहुदै नँयापुल आइपुगेका थियौ हामि । म, चुडामणी घिमिरे क.दिपक उखुबारी, जुगु, दोलाखा अनि कमरेड सेबक प्रेम कार्की  बेताली रामेछाप, हाल बागमती प्रदेश समिती सदस्य हुनुहुन्छ ।

    प्रीय कमरेड सेबक, पुर्बी पहाडमा सँग–सँगै दुस्मनसँग लुकामारी खेल्दै आएको अनि इमान्दारिता ढृढता र निष्ठाको अर्को नामपनि हो कमरेड सेबक । अत्यन्तै संबेदनशिल अबस्थाहरुमा पनि हामी सँग–सँगै, पराई आँखाहरुलाई छल्दै महत्वपुर्ण कार्यहरु सम्पादन गर्दै आयौ र आइरहेका छौ निरन्तर आजसम्म पनि । सम्पर्क स्थान क्षेत्रपामा भिम बहादुर श्रेष्ठ कमरेड किरणको घरमा पुग्नु थियो ।

    नाम्दुको माथी ठोट्नेरी नजिकैको गोलाइसम्म बसमा जानपाइयो भने त यो लखतरानभएको ज्यानले केही राहात पाउने थियो अनि ज्यान हल्का  तङ्ग्रीनपनि पाउनेथियो कि भन्ने जोडदार तर्क अनि  जिद्दीपनि थियो साथिहरुको । सम्पर्कमापनि समयमै पुग्नु पर्ने छ । सुरक्षाको बिषयमा हेलचेक्र्याइ र जबर्जस्ती त झन पिटिक्कै गर्नैहुदैन भन्ने मेरो अडान  थियो । किनकी त्यो एरिया भनेको  अत्यन्तै संबेदनशिल एरिया पनि हो ।

    वस्तुगत अबस्थाको ठिकढंगले आँकलन गर्नुपर्ने त छदै थियो, साथ–साथै त्यो ठाँउमा पटकौ पटक म आफैपनि घेराबन्दिमा परेर भयानक खानतलासि बाट मुस्किलले बँचेको थिए । फेरि ३, ४ घण्टा हिँड्नको दुखले टिम फँस्यो र हामिहरु मारियौ भने एक त पार्टीको निम्ति ठूलो क्षती भयो अर्को तर्फ अराजक बनेर जिद्दि गर्दै गाडिचढेर फंसियोभने त मरेर पनि आफैले कलंकको कालो धब्बा बोक्नुपर्दर्थ्यो । क्रान्ती कहाँ सजिलो थियो र ?

    भोक, तिर्खा, थकाइसग जुध्दै, खाइ, नखाइ आगोसँग खेल्दै, जिम्मेवारि पुरा गर्नपनि काहाँ सजिलो थियो र प्रीयजनहरु, हामिहरुलाइ पनि ! तर बिढम्बना ! हामी तिनजनामा  म अल्पमतमै परें । मैले हारें ।

    त्यतिकैमा हर्न बजाउदै, हुँइकिएर काठमाडौँ जिरिको बस आइपुग्यो । हामी साबधानिपुर्बक फुत्त–फुत्त बसको छतमा चढ्यौ । बस दौडियो । पुलपार गरेर एउटा गोलाइ घुम्दै पर नाम्दुतिरको गोलाइ र पहराको फेदको जंगलमा पुगेपछि अचानक हामी चडेको बसलाइ २४–२५ जना दंगा प्रहरिहरुले जबर्जस्ती  रोकि त हाल्यो । ‘ओहो दंगा प्रहरी ! ला,अब  चाहि फँसियो !’ भन्नू भन्दाबाहेक हामिहरुसँग कुनै उपाय र अरु कुनै बिकल्प पनि थिएन । 

    हामिले एकर्कालाइ हेरौ र आपसमा आँखाहरु डुलायौ । गाउँ,बस्ती दोबाटो र  विशेष नाकाहरुमा दङ्गाप्रहरिहरुको बाक्लो गस्ती, खानतलासी,तिब्र दमन र धरपकड बढेको कारण हामी आफू हरहम्मेशा सचेत र सतर्क हुनुपर्दथ्यो । किलो सेरा २ प्रहरी अप्रेशनको बेला इलाका प्रहरी कार्यलय मैनापोखरीबाट मार्बु हुँदै आएर त्यही जंगलमा लुकेर बसेको दंगा यानेकी कमाण्डो फोर्स रहेछ त्यो।

    हामी तिनैजनासँग ग्रीनेट लगायत युद्धसामग्रीहरु थियो । म सँग  छोटोहतियार ती फ दि पेस्तोल पनि थियो । अब जोडसँग चेक जाँच र खानतलासिमा परियो है ! हामफालेर भाग्नसक्ने ठाँउ र अवस्था पनि छैन, आखिर घेरामा त परिनै सकियो । अब गिराफ्तारिमा पनि परियो । भरे रामधुलाइगरेर हनुमन्तेको जंगलतिर वा गैरिमुदिको खाँदतिर कता लगेर गोलिद्वारा उडाइने हो ? भन्ने लागिसक्यो ।

     प्रहरिहरु हतार हतारमा भटाभट  बसको छत तिरै पो चढ्न थाले बा ! “ओइ फुच्चे ! यो बन्दुक समात–समात” एउटा कमाण्डोले उसकैको सिपाहिलाइ झै मलाइ आदेश गर्यो ।सँगै अर्कोले पनि, अर्को, फेरि अर्कोले गर्दै मैले पनि ५,७ वटा ३–०–३ राइफल समाएँ ।  बन्दुक साँच्चिकै मालको थियो ।अप्रेसनको बेला प्रहरिहरुसँग युद्ध नलडिकन उसै हाम्रोहातमा म्याग्जिनसहितको यति मज्जाको राइफल ? वाव ! म्याग्जिनमा ८,९ राउन्ड ‘कार्तुस’ गोलिहरुपनि लोडगरिएको हुदो हो ।

    पहिलो बन्दुक हातपरिसकेपछी मैले पुलुक्क सेबकजी तिर हेरेर संकेत गरे,उहाँ खिस्स हाँस्नु भयो । कि दनक दिँउ त ? जस्तो पनि लाग्यो । त्यतिबेला सम्म ५,७ जना प्रहरिहरु छतमा हाम्रै वरिपरि घेराहालिसकेका थिए । ‘हुनत हो,तर फेरि अर्को बाँदरमुढे जस्तै भयानक त्रासदिपुर्ण घटना हुन सक्छ नि’ म भित्रको खाँट्टि बिबशले त्यसै भन्यो । होस है भनेर हातपरिसकेको मालपनि छिमेकी प्रहरिलाइ पास गरेँ । सेबक जिले पनि अनि दिपक जिले पनि सोही मात्रामा बन्दुकहरु समाएर अर्कोलाइ पास गर्नु भयो रे ।

    ए बा ! मलाइ त फुच्चे पो भन्यो हो ! एउटा बक्यार्नु सिपाहिले त ? आखिर केटोले मलाइ पत्याएन । उसले नपत्याउनु भनेको लगभग त्यो फोर्सले नपत्याउनुनै त हो । थोरै आँत्मारतिसहितको राहातमहसुस भयो । केहिबेरआँफै भित्र भित्रै काउकुती लाग्यो ।

    तर म आँफू फुच्चे नै भएतापनि तत्कालिन समयमा  पुर्बिपहाडका भुगोलहरुमा धेरै महत्वपुर्ण जिम्मेवारिहरुलाई कुशलतापुर्बक सम्पादन गर्दैगर्दा धेरै पटक धेरै ठाँउमा मुस्किलले बाच्दै,कालको मुखबाट फुत्किएर बजारमा धेरै एक्स्पोज भइसकेको व्यक्ति पनि हो है हुन चाँही ।

    त्यसको उदाहरणको रुपमा ती  जिल्ला अन्तर्गतको जुनकुनै ब्यारेक र प्रहरिचौकिहरु माथी फौजिहमलाहरु गर्दाको बखतमा होस वा चौकिहरु सेबोटेज गर्दा होस, परिचयमा विवश, ठेगाना जुगु, दोलखा लेखिएको अनि ब्यारेक र चौकिको भित्ताहरुमा ठुलो आकार बनाएर राखिएको फोटाहरु ल्याएर देखाउदै, तपाइको त सबैतिर कृती फैलिइसकेछ, अब अलिक सचेत बनेर जोगिएर हिड्नु ।

    उच्च सतर्कताको साथ कार्य सम्पादन गर्नु भन्ने  कमाण्डरको निर्देशन र आदेश पनि थियो । त्यति मात्र हैन तत्कालिन समयमा गिराफ्तार गरेर जिरि,चरिकोट लगायतका चौकीहरु र ब्यारेक पुर्याइएका कतिपय हाम्रो पार्टीका समर्थक,शुभचिन्त,आफन्त र साधारण गाउले जनताहरुलाइ रामधुलाइ गरेर हामिहरुको फोटो देखाउदै, यिनिहरु अनि यो फुच्चेलाइ चिन्छस ? भन्दै फेरि भकुर्ने पनी गर्दथ्यो सेना, प्रहरिहरुले ।

    अर्को कुरा जिरी, चरिकोट, मैनापोखरि, मुढे, खाडिचौर लगायत बजारहरु तिर अनि जिरी–काठमाडौँको गाडि लाइन र त्यसमा पनि एक्स्प्रेस बसमा त झन बढी एक्स्पोज भैसकेको थियो यो ज्यान पनि । त्यसैले पनि अझ बढि सतर्कता अपनाउनै पर्दथ्यो । धेरै पटक झण्डै–झण्डै फँसेर मुस्किलले बाँचेको आखिर नाफाको जिन्दगि नै  थियो यो ज्यान पनि ।

    जहा, जतिबेला, जुनकुनै समय म आफुलाइ ‘डे मुभ’ को निम्ति चुनौतिनै थियो त्यो नाका र भौगोलिक रुपमा पनि। तर छध्म भेषमा (डिसगाइज गरेर) खुल्लारुपमा महत्वपुर्ण कार्यहरु संपादन गर्नको निम्ति साँच्चिनै उपर्युक्त  पनिरहेछ त्यो मेरो उमेर।  एउटा चुङ्गी र एक पकेट चुइगम सधैभरी गोजिमा बोकेर हिड्नु भन्ने आदेश पनि थियो मेरो पुर्ब ब्युरो इन्चार्ज यान प्रसाद गौतम (कमरेड आलोक)को । अझ  सेबक जि त झन होचो–होचो अनि मुठिभरिको मात्रै जस्तै त हुनुहुन्थ्यो । अनि कसले पत्याउथ्यो र उहाँलाइ त झन ? आँफुहरुलाइ र आफ्नो बिगत सम्झेर त्यो,त्यस्तो कालको मुखभित्र परिसकेको बेलामा पनि हाँस उठ्यो अनि आँफैभित्र खिस्स आँफैसँग हाँसे म ।

    त्यतिबेलाको समयमा स्वं प्रहरिलेनै हाम्रोहातमै राइफल दिएपछि,त्यो बेला के गर्न सकिन्थ्यो रुके के सम्म हुनसक्तदथ्यो ? भन्नेकुरा त थाहा थियो नि ! तर के गर्नु फौजी  हिसाबले हामी बिल्कुलै प्रतिकुल अबस्थामा थियौ । भौगोलिक अबस्था र त्याहाको बस्तुगत अबस्था दुबै हिसाबले  हाम्रो प्रतिकुलता थियो । हामीहरुभन्दा माथी घोप्टेपहरो थियो भने तलतिर  तामाकोसीको कुलुली परेको मुल्को ।

    फेरि हामिजस्ता फुच्चेहरुले २४–२५ जना  राइफलधारि कमाण्डोहरुसँग निहु खोज्नु तथा त्यो फौजी कदम चाल्नु भनेको पहरोसँग कुहिनाले निहुखोजे जस्तै त छदै थियो । अर्कोकुरा हामिले त्यो कदम उठाउदा प्रहरिले अरु पब्लिक जनता धेरै मार्न सक्थ्यो  । क्षती धेरै हुन्थ्यो । अर्को बाँदरमुढे हुनसक्दथ्यो । अनि त्यो नरसंहारको कलंक पनि हामिलेनै बोक्नुपर्दथ्यो ।

    त्यस्तो अबस्थामा क्षणिक आबेग र उत्तेजनाले परिणाम नकारात्मक आउने पक्काथियो । बरु चुपचाप छिप्नसकेकै बेस भन्ने हाम्रो निष्कर्ष रहयो। जानी जानी आँत्माघाती कदम उठाउने कुरै भएन । बरु हामीले थप सतर्कता अपनायौ । मुखमा कच्याउ-कच्याउ चुइगम चपाउदै,आबेगलाइ कण्ट्रोल गर्ने कोसिस गर्यौ । अनि सामान्य स्थानियबासिहरु जस्तै गरि सहजरुपमा रहदै ,निकट भविष्यमा आइपर्नसक्ने गम्भीर परिस्थितिको सामना गर्न तयार भयौ ।

    २०५७ सालको चैत महिनाको पहिलो वा दोश्रो हप्ता हुनुपर्छ । खेततिर आलु खन्ने र भित्र्याउनको धमाधम भइरहेको थियो । जाडो क्रमशः कम हुँदै थियो । पातलो ज्याकेटले कम्मरका हतियारहरु छोप्नुपरेको थियो । सुर्यका मलिन किरणहरु कालिन्चोक डाँडाबाट कुरिभन्ज्याङ्गको क्षितिजतिरको ओरालोतर्फ दौडिसकेका थिए ।

    बसको छतमा पहिल्यै ८–१० जना यात्रुहरु हुदाँ हुन । त्यहिमाथी २४–२५ जना हतियारधारी प्रहरिहरू चढेपछी वातावरण ठेलाम्ठेल भयो । म सँगै बसेको  प्रहरिले हेपेर प्याच्च सोधिहाल्यो, ‘भाइहरुको घर कहाँ हो ? कहाँबाट आएको ? कहाजाने ?’ फेरि अर्को बक्यार्नु केटो बाठो भयो । पत्रकारै हो झै गरि ५ डबलुएचको प्रयोग गरेर औपचारिकता पूरा गर्न खोज्यो । मैले त तिनिहरुको हतियार समाइदिएर अघिनै ठूलो सहयोग पनि गरिसकेको थिए नि ! फेरि सोध खोज गर्छ  बेइमान ।

    सहजरुपमा पत्याउने गरि स्वभाविक जवाफ दिए मैले । एक हदम्म हामिलाइ पनि अप्ठ्यारो त  लागिरहेको थियो । जिरिको एक्स्प्रेस बस जोडसँग दौडिरहेको बेलामा ठेलाम्ठेल हुँदा उनिहरुको हात र शरिरको कुनै अङ्गले हाम्रो हतियार भट्यो भने त जिन्दगी आजै चिलिम च्याट भैहाल्यो नी ! बडो सतर्कता अपनाउदै, उनिहरुको ठेलाइको प्रकृति अनुसार आफ्ना हतियारहरुलाइ छिपाउदै, जोगाउदै गर्यौ । 

    कतिबेला डिलमुनी ओइर्याइहाल्नेहो कि झै गरि जोडसँग हुँइकिदैगरेको बस मुस्किलले नाम्दुको मा.बि.स्कुल अगाडिपुगेर घचक्क रोकियो । स्कुल अघिनै छुट्टीभैसकेको थियो । दर्जनौ विद्याथीहरू ठेलामठेलगर्दै बसचढ्नलागे । ठाउँ त अघिनै प्याकभैसकेको थियो । केटाहरु कोहि डिलतिर झुण्डिए केही एकहातमा किताब च्यापेर अर्कोहातले नजिकै भेट्टिएको डण्डि समाएर झुण्डिए ।

    प्रहरिहरुको अनुरोध मुताविक कोहि छात्राहरु प्रहरिको काखतिर त कोहि उसै त्यतै कतै पेलिदै, च्यापिदै अडिनखोजे । हामी माथी सोझिइरहेको उनिहरुको ध्यान एक्कासी मोडियो । लु, अबचाहीँ  गज्जबको माल भेट्टियो है, झै गरि प्रहरिहरु केटिहरुसँग सिमानाघेर जिस्किन–जिस्क्याउन–हिलिन र कोहि त उनिहरुको शरीर सुम्सुम्याउनतिर लागे । कुनै कुनैले त बन्दुक र तरुनि केटिलाइ एकैसाथ काखमा चपक्क च्यापे अनि च्यापिरहे  निरन्तर !

    ९, १० कक्षामा अध्यान गर्दै गरेका, मस्त–मस्त जवानी फक्रदैगरेका अल्लारे नानिहरु, सायद डेढदर्जन बसन्तहरु पनि टेकेको थिएन होला तिनिहरुको जिन्दगिले, विद्यालय पोषाक लाइनै उछिट्ट्याएर पुक्क–पुक्क उठेका छातीहरु र लालिचड्दै गरेका लालुपाते ओठ, राता–राता गाला अनि तिनको मुखाकृती र हाउभाउले पनि उनिहरुको मस्त–मस्त जवानिमा चढ्दैगरेको कुर्कुरे बैँस र लालिजोबनको बारेमा ब्याख्या र बिज्ञापन गरिरहेको छ भन्नेकुरा जो कसैलाइ पनि अनुमान एबं अनुभूति हुन सक्दथ्यो ।

    ढिलोनगरी त्यो अवस्था क्षणभरमै क्रमस छताछुल्ल पुलिसहरुको काख र हातको औलातिर पोखिन थाल्यो । एकातिर दृश्यहरु हेरिनसक्नु र सहि नसक्नु थिए । मानौ तिनिहरुले जो कोहि लामोकपाल वालाहरुलाइ देख्नै हुदैनथियो । तिनिहरुका आमा, दिदि, बहिनि र छोरिहरु कोहिपनि छैनन र हुदैनन पनि । र केटिहरु पनि स्कुलमा पढ्न गएका हुदै हैनन बरु तिनिहरु आफ्नो फक्रदै गरेको यौबन र अल्लारे बैसको बिज्ञापन गर्दै, यौन प्यासले भौतारिदै दौडिरहेका थिए ।

    अनि आज चाहिँ बर्षौपछी मायालु भेट्टियो । लु आज अहिल्यै सिंदुरपोते गरिहालौ अनि एकान्ततिर भागिहालौ, भोलि त के होला के होला ? जस्तो झै गर्न थाले । आखिर बन्दुक त हामिहरुलेपनि बोकिरहेका छौं नि ! हतियारहरु हामिहरु सँग पनि त छ नि ! हामि पनि अल्लारे ठिट्टाहरु नै त हो नि ! तिनिहरुकै झै गति छाड्ने हो भने आखिर हाम्रो पनी कुरकुरे जोबननै त थियो नि  लौ जा ! हो ! यही कुरा फरक थियो र छ पनि,उनिहरु र हामिमा ।

    ताकि, हामिमा पनि  माया, दया प्रेम घृणा आबेग बिबेक सबै छ । सायद उनिहरुको भन्दापनी धेरैबढि घुम्छ हाम्रो मथिंगल पनि । तर कहाँ, कतिबेला कुन चिजलाई प्राथमिकता दिने र कसरी अभिव्यक्त गर्ने भन्ने कुरा उच्च प्रकारको बैज्ञानिक चेतना, मालेमाबादी बिचार र सहि अनि गलत छुट्ट्याउन सक्ने बिबेक छ हामिसँग । हामिले बोकेको बन्दुक रगत, पसिना र आँसुको त्रीबेणिको बिचबाट उठेको मालेमाबादी बिचारद्वारा नियन्त्रीत र निर्देशित अनि स्वतन्त्रता र स्वाधिनताको निम्ती बोकिएको बन्दुक हो ।

    अनि आबश्यक पर्यो भने आफ्नै छात्तीतिर पनि सोझिनसक्ने बन्दुकहरु पनि हुन । तर उनिहरु तत्कालिन समयका सामन्तका मानबिय संबेदना शून्य दासहरु हुन। उनिहरुको डिउटी केबल औपचारिक्तता थियो । त्यो भनेको नुनको सोझो । फगत दासता र गुलामिको निम्ति थियो । उनिहरुको मनोबिज्ञान आततायी र निकृष्ठ थियो । हामिहरु उमेरले फुच्चेनै भएता पनी, एउटा जिम्मेवार नेता र कमाण्डरको रुपमा राष्ट्र,बर्ग र यो समाजप्रति ठूलो जिम्मेवारि पुरा गर्दै थियौ र छौ ।

    समुन्नत समाजप्रतिको कर्तब्यबोध थियो हामिहरुमा । हामिले यो बेला तत्काल गम्भीर निर्णय गर्नपनि सक्दथ्यौ ! बिचार सहितको बन्दुकको उपयोग गर्न पनि सकिन्थ्यो तर बसमा यात्रागर्दैगरेका दर्जनौ जनताहरुको गम्भिर सुरक्षाको बिषयपनि सँगै थियो । भैगो अब जेहोस आँफुहरु आजलाइ यो कालबाट मोटामोटी रुपा बँचियो । त्यसैले  हामी त चुइक्क सम्म पनि बोल्ने कुरै भएन ।

    बाहिर पब्लिक सोसाइटी तिर लफाङ्गा र गुण्डाकेटाहरुले हाम्रै आँखा अगाडि जो कुनै चेलिहरुलाइ त्यो र त्यस्तो प्रकारको ब्याबाहार र  हर्कत गरेको हुन्थ्योभने तिनका किल्किले, डड्याल्नु र करङ्गहरु कसरी सेक्नेभन्नेकुरा हामिलाइ राम्रोसँग थाहा थियो । तर त्यतिबेला हाम्रा छातीतिर ताकिने बारुदले लपेटिएका धातुका गोलिहरु, तरुनि छात्राहरुको यौबनमाथि निसाना लगाउदै, प्यासले उम्लिएका उनिहरुका छातीतिर ताकिन थाले ।

    हाम्रा छातीताकेर राइफलका ट्रीगर दबाउने औलाहरुले तिनका यौबनहहरु सुम्सुम्याउन थाले। तर जे होस उनिहरुको फक्रदैगरेको मस्त–मस्त जवानिले राइफलधारी दंगाप्रहरि हरुको ध्यान आकार्षण गरेर हाम्रो जीवन जोगाउदै थिए । आजको लागि चाहिँ धन्यवाद छ चेलिहरुलार्इ । तर बैशले कुत्कुत्यायो भन्दैमा फगत उत्तेजनामा आएर  त्यसरी यो महत्वपुर्ण जोबन उसै नफाल्नु । यसरी सिमानाघेर ठाउँ कुठाउ तमासा देखाउन त मिल्दैन नि चेलीहरु ? हुर्कदै गरेकी छोरी प्रति  बुवा आमाका कति धेरैठुला–ठुला सपनाहरु होलान ।

    उम्लिदैगरेको बैंश ठाउँ–कुठाँउ घप्लक्क पोखियो भने फेरि उठाएर निम्ठ्याउन गार्होपर्छ अनि यो लालिजोबन आलु कुहिए झै सड्योभने त टोल,छिमेक र समाजमा नमिट्ठो दुर्गन्ध पो फैलिन्छनी नि बाबै ! बास्तबमा प्रेम,बिबाह र यौन यानेकी सेक्सको बारेमा गहिरोसँग बुझेरमात्र बास्तबिक प्रेमको चक्करमा लाग्दा वा हिल्हिलिदा बेसहोला है नानिहरु ।

    मेरा प्यारा नानिहरु ! हामी तिमिहरु जस्ता आधा आकाश र आधा धर्ती ओगटेका सम्पुर्ण चेलिहरुको उज्वल भविश्यको कामाना गर्दै, उच्च कर्तब्य बोधका साथ यो समाज बदल्ने सामाजिक अभियाको दन्द नाउदो आगोका लप्काहरु सँग खेलिरहेका सामाजिक अभियान्ताहरु पनि हौँ । फेरि आज जतिबेला जे भयो  यो त हाम्रो जीवन रक्षाको निम्ति चाहिँ एकदम सकारात्मक भयो ।

    तर, तिमिहरुले आज देखाएको गतिबिधिले प्रबृतिकै रुप लिदै गयोभने आगमी दिनहरुमा  तिमिहरुको सुनौलो भबिष्य अन्ततस्अँध्यारो खाडलमा फँस्न सक्छ । त्यसैले मैले यत्ती भन्छु  तिमिहरुको उज्ज्वल भबिष्यको कामना छ प्यारा नानिहरु ! !

    त्यो बेला पुलिसहरुलाइ पनि हामी र हाम्रा टाउकाहरु भन्दा नानिहरुको जवानी महत्वपुर्ण थियो, त्यो परिबेषमा । केहिबेर अघि क्रमस दबिदै, दबिदै गएको हाम्रो मनोबल क्रमस खुल्दै र फुक्दै आयो ।

    क्षमताभन्दा बढी लोड–भारी र त्यसमापनि सिमानाघिसकेको अर्धनग्घ्न तमासाको अर्कोभारी बोकेर अब चाहिँ बस  कछुवाको गतिमा मैनापोखरी तर्फ उकालो चढिरहयो । हामी चाहिँ बिचित्र तमासाका रमिते भइरहयौ । अलिक माथी मैनापोखरिको गोलाइभन्दा तल्लो गोलाइमा पुग्नै लाग्दा अकल्पनिय रुपमा, एक्कासि मुशालधारे पानी पर्यो । अघिनै देखिको त्यो अस्वाभाविक वातावरणमा पनि क्षणभरमै आमूल परिवर्तन आयो ।

    प्रहरीहरू पनि हुण्ठुनाउदै बसको छतबाट तल झरे । तिनलाइ पिछा गर्दै, चिच्याउदै स्कुले केटा–केटीहरुपनि हाम्फाल्दै झरे । सिकारखेल्न गस्तिमा अएका प्रहरिहरु बसचढेरै चौकिपुग्दा साबले तिनका करङ्ग सेक्न सक्ने सम्भावनालाइ मध्यनजर गरेर नै हुनुपर्छ सायद हाम्रा पराइमान्छेहरु त्यतिबिघ्न हतारिएर हामफालेका ! हामिलाइ मुसालधारे पानीको कुनै प्रवाहानै भएन किनकी भयानक बज्रपात हुनबाट हाम्रा छाती र टाउकाहरु जोगाइसकेका थियौ ।

    जाबो पानीले त के फरक पार्दथ्यो र ? एक ढंगले हेर्ने हो भने हामिले पनि कालको मुखबाट उम्किएर नयाँ जिबन पाइसकेका थियौ । अलि माथी अर्को गोलाइमा झरेर हामीहरुले पुनः एक आपसमा नयाँ जिबनको शुभकामना आदान– प्रदान गर्यौ र, ठोट्नेरिको केशब ढुङेल र  तत्कालिन गा बि स उपाध्यक्ष दिननाथ ढुङ्गेल ‘बासु’ सँग भेटघाट गर्दै पुनः सम्पर्क स्थानतर्फ लाग्यौ ।

    – बिबश डि.सि.

    प्रकाशित मिति :चैत्र ८ २०८० बिहिवार - १२:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij