Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • 3.6K
    Shares

    कामना सेवा विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक)को अवसरमा कामना सेवा विकास बैंकले बुधबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ । 

    ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरू, वडाध्यक्षहरू, विभिन्न पदाधिकारीहरू तथा सरकारी कर्मचारीहरूको उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण गरेका थिए । 

    जनप्रतिनिधि तथा कर्मचारीहरूलाई बैकिङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो । 

    उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरूले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैकिङ्य कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८० बिहिवार - ०९:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij