Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ


  • 1.9K
    Shares

    नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

    स्याङ्जा। नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडाकी ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।

    शिशुलाई अचेत अवस्थामा फागुन २९ गते टौवामुनि फेला पारेर पछि प्रहरीको टोली गएर उद्धार गरेको थियो ।

    प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अचेत अवस्थामा रहेको शिशु जिल्ला अस्पतालमा उपचारपश्चात् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा फागुन ३० गते मृत्यु भएको हो ।

    टौवामुनि नवजात शिशु फाल्ने आमालाई शिशुको मृत्युपश्चात् खोजतलास गर्ने क्रममा लुकिछिपी जिल्ला अस्पताल स्याङ्जामा आफ्नो उपचार गरी रहेको अवस्थामा पक्राउ गरेको रानाले बर्ताए ।

    प्रहरीले घटनामा संलग्न नेपालीलाई  कर्तव्य ज्यान मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८० मंगलवार - १६:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij