Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछा मार्ने क्रममा ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


  • 2.5K
    Shares

    माछा मार्ने क्रममा ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौँ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

    करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उता म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित टुण्डी हाईड्रोपावरद्धारा संचालित साउथ एसियन कन्ट्रक्सनमा काम गर्ने नुवाकोट घर भएका ३१ वर्षीय भिम बहादुर मगरको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

    हाईड्रो पावरको सुरूङभित्र विद्युत सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ बस्ने ३६ वर्षीय धनराज सलामीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

    आफ्नै सहदोर दाइ रेसम सलामीको घरको ढलान गर्ने क्रममा ढलानमा प्रयोग हुने भाईभरेट मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८० आइतवार - १०:२१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij