२०८२ भाद्र ३ गते मंगलवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)
नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। लेनदेनले वादविवाद निम्त्याउन सक्छ।।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij