२०८२ भाद्र ७ गते शनिवार
त्यसो त मैले यस अघि कुनैपनि प्रकारका मेशिनहरुसँग खेलेकै थिइनँ । न त तीनिहरुलाइ खोल–खाल, फिट–फाट र मर्मत संभारनै गर्नुपरेको थियो । न त साइजानुसारका रेन्ची र एलंकिहरु समाएर घुमाउने वा बटार्ने गरेको होस् । जब म एम टी माक्र्स उद्योग गोलढुङ्गामा रात्रीकालिन मजदुरको रुपमा भर्ना भएँ ०७७ श्रावण १५ गते देखि मेशिन फिटगरेर २३÷२४ गतेबाट काम सुरुगरेँ र नियमितरुपमा उत्पादन सुरु गरें । अनि प्रत्येक पल मेशिन सुम्सुम्याउन थालें । मेशिन आफैमा उत्पादनको साधन हो र श्रम आफैमा अर्को शृजना पनि हो ।
आफूमा बिकसित केही राजनीतिक र सामाजिक चेतनाले अलिक फराकिलो ढंगले झाङ्गिनको निम्ति कहीं कतै उपयुक्त वातावरण खोजिरहेको थियो । उक्त समय ०५०/०५१ साल तिरको थियो । भनेको नेपाली राजनैतिक इतिहाँसले नयाँमोड लिन कोल्टेफेर्दैगरेको अवस्था थियो । यद्यपि त्यो भन्दा पहिल्यै ओखलढुङ्गेली गणतन्त्रबादी योद्धा क्याप्टेन यज्ञ बहादुर थापाको नेतृत्वमा सोलु–ओखलढुङ्गा बिद्रोहको क्रममा टिम्बुरबोटे हत्याकाण्डमा थुप्रै गणतन्त्रबादी योद्धाहरुको साहादत भएको थियो । जसमध्ये, हाम्रै परिवारका सदस्य, सोलु सिसाखोला निबासी मेरो भानिज दाइ अम्मर बहादुर खँडकाका ेपनि बलिदान भएको थियो । तत्पश्चात प्राय मानिसहरुद्वारा भन्ने गरिएको “राजनीतिमा लागेको भएर राजाले मारेको” भन्ने त्यो बेलाको धेरैमान्छेहरुको बुझाइ र भनाइले पनि राजनीति र राजा भन्ने शब्द प्रतिको मेरो ठूलो जिज्ञासा रह्यो । हाम्री ठूलीफुपु, सहिद अम्मर बहादुर खड्काकी आमा, तिङ्ला र सिसाखोलातिर “अम्मरेआमा” भनेर चिनिनुहुन्थ्यो, पबमाया खड्का हाम्रोघर (उहाँको माइतिघर) आँउदा पटक–पटक “पापीहरुले मेरो मुट्टुको टुक्रालाइ गोलिले उडाए ।” भन्दै भक्कानिदै रुनुहुन्थ्यो । अनि धेरैपटक बुबा, ठुलोबुबा र दीदि (कान्छी फुपु) बिचको कुराकानी सुनेर पनि करिब पौनेदर्जन बसन्तहरु पार गर्दैगरेको यो जिन्दगीले आखिर राजनीति भनेको के हो भन्ने बिषयमा थुप्रै–थुप्रै अनुत्तरित प्रश्न, जिज्ञासा र कौतुहलताहरुको भारि बोकेर हिँडिरहेको थियो यो जिन्दगिले पनि । भारतमा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धिको हत्या भएको मितिको आसपास हुनुपर्छ सायद म कक्षा–३ मा पढ्दै थिएँ, हाम्रो हेडसर तत्कालिन श्री जीवन प्रदिप नि मा बि हर्कपुर का प्र अ पेशल कुमार खतिवडालाई राजनीतिमा लागेको आरोपमा स्कुलसमयमा स्कुलहाताभित्रैबाट समाएर पञ्चायतका प्रहरीहरुले फुस्रेडाँडा–बुडाथोकी डाँडाचौतारो हुँदै झ्यालखानामा लगेको प्रसंगले त मलाइ साँच्चै राजनीति भनेको के हो त ? भन्ने प्रश्नको उत्तर खोज्न बाध्य बनायो ।
त्यो बेला जिन्दगगीले करिब दर्जन वसन्त वरिपरि आफ्नो उमेर बनाउदै गर्दा अग्रजहरुको आयोजनामा गाँउमा देखाइने प्रगतिशिल नाटकहरु र त्यसमापनि म आफुले सक्रिय भुमिकामा सहभागि भएर खेलेका “पचास रुपिँयाको तमासुक” “बन्द पर्खाल भित्र” “रात अझै बाँकिनै छ” “रातोतारा चम्किएपछी” लगायत नाटकहरु मध्य हर्कपुरको नेपालपँधेरामा राति आयोजना गरिएको “रातो तारा चम्किएपछी” नाटकमा जनताको आफ्नै सेना लालसेना यानेकि जनमुक्तिसेना अन्तर्गत बालसेनाको कमाण्डरको भुमिकालाइ कुशलतापुर्बक सम्पादन गर्नसकेकोमा मआँफुलाइ पनि गर्व र खुसी लाग्यो । नाटक तुलनात्मकरुपमा रोमान्चक पनि भएछ । लालसेना गाँउछाडेर दाँयाँ बाँयाँ लाग्ने बित्तिकै सामन्तका भिजिलेन्तेहरुले जनता र क्रान्तिकारी योद्धाहरुको परिवारहरुप्रती कति निकृष्ठ ब्याबाहार गर्छन, कतिसम्म अत्याचार र ज्यादती गर्छन् अनि त्योबेलामा बालसेनाले कसरी सामन्तहरुको अत्याचारको बिरुद्धमा लडेर गाँउ र जनताको सुरक्षा गर्नसक्छन भन्नेकुराको सजिव चित्रको रुपमा प्रदर्शन गरिएको उक्त नाटकमा मेरो भुमिका पनि वास्तवमै अन्याय अत्याचार शोषण उत्पिडनको बिरुद्धमा चोटिलोसँग लड्ने एउटा क्रान्तिकारी बिद्रोही र जनताको प्यारो मान्छे बालसेनाको कमाण्डरको रुपमा थियो । उक्त घटनापछि त म भित्र बिद्रोही भाबना र क्रान्तिकारी बिचार एकपछि अर्कोगर्दै झन् झन् बढी हुर्किन थालेछ । सायद समयक्रम सँगै क्रमस मलाइ त्यसको गहिराइसम्मनै अनुभुती हुँदै गयो । ०४६ को कार्तिकतिर हुनुपर्छ तत्कालिन अखिलको सदस्यता लिएर बिद्यार्थी संगठनमार्फत् सकृय रहदै जिम्मेवारी पूरा गरियो ।
मैले यो प्रसंगलाइ किन जोड्न खोजेको मात्र हो भने ०५१ सालको मध्यवधी निर्बाचन बहिष्कार अभियानको पेरिफेरिबाट आम नेपाली जनताले नजिकबाट देख्न र प्रष्ट अनुभूति गर्न सक्नेगरी तत्कालिन ने क पा एकताकेन्द्रमशाल हुँदै,ने क पा माओबादीको नेतृत्वमा संगठितहुँदै गरेको बिद्रोहात्मक माहोलले लोभ्यायो अनि लपेट्यो मलाइपनि आफ्नो बहुपासभित्र एउटा भयानक आँधि तुफानको निरन्तर यात्रीको रुपमा । ०५२ फाल्गुण १ गते जनयुद्धको सुरुवात सगै मैले जनयुद्धको पक्षमा जानी नजानी, सकि नसकी असंगठित रुपमै भएपनी सहरमा सकृय रहँदै ०५५को पहिलो महिना किलोसेरा –२ नामक नरसंहारकारी प्रहरी अप्रेशनको सुरुवातसँगै म आफु पनि तत्कालिन ने.क.पा. माओबादी पार्टीको पूर्णकालिन कार्यकार्ता बनेर पाँचकुने रातोतारा भएको क्याप सहित जनसेनाको हरियो पोशाकमा चिटिक्क सजिएर काँधमा भरुवाबन्दुक र कम्मरमा खुकुरी भिरेर पुर्बी पहाडका बस्तिहरुमा परेड खेल्दै,अन्ततः यी हातहरुले विभिन्न स्तर र साइजअनुसारका मेशिनगनहरु समाएँ, बोकें, स्तेमाल गरें ।
सुम्सुम्याए अनि समय काल, परिस्थिति अनुरुप आवश्यकताको आधारमा दुश्मनका शक्तिशालि क्याम्पहरुमाथि धावाबोलिरहें, हमलाहरु गरिरहें अनि प्रतिरोध गरिरहें ।
वर्गीय, जातीय, लिङ्गीय र क्षेत्रीय उत्पिडनको बिरुद्धमा न्याय, स्वतन्त्रता, समानता र राष्ट्रिय स्वाधिनताको निम्ति ओजनाबद्धरुपमा लडिएको उक्त भिषण राजनैतिक एबं फौजी अभियानको एक इमान्दार अनि निष्ठावान सिपाही तथा योद्धा हुनुको नाताले पनि हारे हत्कडी जिते संसार भन्ने फराकिलो छात्री, खुल्ला हृदय उच्च साहास र आँट अनि दृढ अठोट बोकेको एउटा माहासमरको यात्रीसँग थियो त केबल बर्गचेत अनि सर्बहारा बर्गीय बिचार र भावना ! त्यतिबेला समस्याहरु साझा हुन्थे । समाधानका तौर तरिका, विधि र पद्धतिहरु सामूहिक हुनेगर्दथे । जिम्मेवारि वा उत्तरदायित्व आफ्नो बर्ग, समाज, नेपालीजनता, राष्ट्र र राष्ट्रियताप्रती हुन्थ्यो को कहाँ कतिबेला मरिने हो ? जुनकुनैबेला छात्ती छेडदै पिठ्यूंतिरबाट फुत्त निस्कने हो ? ब्याक्तिगत निजि जिन्दगीको कुनै परवाह थिएन । यद्यपी हामी सबैले आफ्नो लागी कात्रो आफैले बोकेर लडाइ लडिएको थियो । आफ्नै इच्छा,चाहना र आफ्नै मर्जिले लडिएको उक्त भिषण संघर्ष ले गन्णतन्त्रात्मक शिसुपनी जन्मायो भने त्यसलाइ पनि लालानपालनको निम्ति हो मेरो आजको अर्को संघर्ष ।
आजको मेरो जिम्मेवारी मालिक र मालिकको इछा,चाहाना अनि सनकमा भर पर्दथ्यो । हिजो छलफल, बहस, आलोचना र आत्माआलोचनाको प्रकृया अन्तर्गत जनबादी र केन्द्रीयताको आधारमा विधि र पद्धतीमा बिषयगतरुपका योजना कार्यन्वयन गर्नको निम्ति उत्साहित भएर अघि बढिन्थ्यो भने आज मालिकको आदेश र उसको इच्छा चाहानाअनुसार कामकुरा अघि बढ्छ । हिजो म आफै उत्पादनकर्ता, प्रचारकर्ता, एउटा सामाजिक अभियान्ता, एउटा कुशल संगठक, कुशल लडाकु अनि नीति निर्माता कमाण्डर,कमिसार पनि थिए । तर आज म एउटा मामुली मजदुरको रुपमा न्यून पारिश्रमिकको निम्ति साबको आदेशनुसार उहाँकै निगाहामा जीवन गुजार्दै छु । अनि बास्तबमा मैले जुनबर्गको उन्मुक्तिको निम्ति रक्त रंजित बाटो अबलम्बन गरेको थिएँ । उसको मुक्ति भयो ? भएन ? वा अब कहिले सम्म हुन्छ ? यो प्रश्न आँफैमा अनुत्तरित छ । तर म आफुभने नेपाली श्रमिकहरुले भोग्नुपरेका र भोगिरहेका समस्या,पीडा र उनिहरुका आँत्माकथाहरुलाइ उनिहरुसगै भोगिरहेको अनि अनुभुतिगरिरहेको छु । मालिकको भाषामा उसले जिन्दगिभरीको निम्ति खरिद गरेको दास बनेको छु भने मेरो आफ्नै भाषामा बाध्यात्मक परिस्थितिको दास बनिरहेको छु । मालिक साबको चेतनामा म र म जस्ता मान्छेहरु फगत गोजेरोभर्नको निम्तिकहि कतै अन्नदाता नभेटेर याहा आएका दुइकौडिका दासहरुहुन भन्ने लाग्दो होला । बेला–बखतको ब्याबाहारले त्यही कुरा अभिब्यक्त गर्दथ्यो । र मलाइपनि भन्न मन लाग्दथ्इो कि पैसाकमाउनकै निम्ति याहाहरुले जस्तै नैतिकता बेच्न जानेको र सकेको भए, यहाँहरुको भन्दा धेरै राम्रा– कारखाना र कम्पनीहरु संचालान गर्न सकिन्थ्योहोला भन्न मनलाग्थ्यो ।
हो ! साँच्चिनै मेशिनगनसँग खेल्दाका क्षणहरु जिन्दगिको अत्यन्तै महत्वपुर्ण अर्थ र महत्व बोकेका क्षणहरु थिए । मेशिनगनसँग खेल्दाको त्यो लामो अनुभव र अनुभूति भएतापनि मजदुरहरुले प्रत्येक पल खेल्ने मेशिनसँगको खेलाइ र सिकाइको पहिलो अनुभूति हो यो मेरो । तर यतिबेला म आफ्नो र आफ्नैपरिवारको पारिबारिक ब्यवस्थापनको निम्ति अझ भनौं मुख्य रुपमा त बिहान बेलुका ताउलिमा जाउली उमाल्नकै निम्ति मेशिनसँग खेलिरहेको छु । तर यसो भनिरहदा मैले मेरो बुद्धि र हृदयभित्र कुँदिएको आस्था, बिचार र बिबेकलाइ सिमित पारिश्रमिकसँग साट्न अनि इमान्दारिता, निष्ठा र आत्मसम्मान लाइनै बेच्न खोजेको भने फिटिक्कै हैन । हो त केबल श्रम पसिना र समयमात्र । तर साहु माहाजनहरुको बुझाइमा एउटा श्रमीकको श्रम,पशिना र निश्तित समयलाई मात्रैहोइन कि उ भित्रको निष्ठा र नैतिकतालाइ पनि लिलाम गरिएकोझैं बेला मौकामा मजदुरहरुको आत्मसम्मानमाथि हमला गर्न खोजदारहेछन् । त्यो उनीहरुको शासकीय प्रबत्ति र मानवीय समवेदनामाथि खेलेर कमाएको केही सम्पतिको रबाफपनि होला, तर अर्को शब्दमा भन्नुपर्दा असामाजिक चेतना र अनुदार भाबनाको उपज पनि हो भन्ने मेरो बुझाइ हो ।
नागार्जुनको अत्यन्तै घना जंगलको काखभित्र एकान्त टहरामासुनशान अँध्यारो रातमा ढिक्क–ढिक्क आवाजमा बजिरहने मेशिनबाट निस्किएको एकहोरो कर्कसलाग्दो स्वरले बेला–बेलामा आँखाको डिलबाट झुप्प–झुप्प परेली छोप्न खोज्ने निन्द्रालाइपनि भगाइदिन्थ्यो । अत्यन्तै बेइमान मेशिनसँग कैयन रात एक्लै काम गर्नुपर्दा सार्है गारो भएको थियो । हाकिमसाबबाट एकजना साथीखोज्नु भन्ने आदेश आए मुताबिक मैले झट्ट बिकास भाइलाइ सम्झिए । मेरो प्यारोभाइ बिकास नेम्वाङ्ग (तेर्हथुम)ले “दाइ म फुर्सदीलो नै छु, कुनै काम पायोभने बुझ्दै गर्नुस् है” भनिरहेकोपनि थियो उसले । रात्रीकालिन समयको उ मेरो खास्साको जोडि बन्न सक्थ्यो । त्यसैले मैले ढिला नगरी उसलाइ सम्पर्क गरेँ र बोलाएँ । उ ढिला नगरी आइपुग्यो । अब हामी दुइभाइ भयांै । ३÷४ महिनासम्म हामी दाजुभाइले सगै काम गर्यौ । काम गर्नलाइ थप सजिलोमात्र भएन उत्पादन पनि गुणात्मक रुपले बृद्धि भयो । तर माहाजनहरुले त्यो कुरालाइ ब्याबाहारिक हिसाबले सहजरुपमा बुझ्न सक्दो रहेनछ किनकी उनीहरुमा तदानुकुलको चेतनास्तर नहुने रहेछ ! पछि बिकास भाइले पनि काम छाड्यो । मेरो पनि विभाग परिबर्तन भयो । तर त्यो चरणको मजदुरिको अन्तिम अबस्थासम्म भोगाइ र अनुभुतिहरु उहीँ र उस्तै रहे ।
कतिपय अबस्थामा अचानक मेशिन बिग्रीएर काम रोकिन्थ्यो । घण्टौ लगाएर मेशिन बनाएर पुनःकाम संचालन गरिन्थ्यो त कहिले पेशेवर मिस्त्रीआएर हामिले नै मेशिन बिगारेको आरोप लगाएर साहुसँग साखुल्य पल्टिन्थ्यो । अनि साहुसँग झगडा गराउँथ्यो । प्राबिधिक रुपमा हामीभन्दा केही बढी ज्ञान उसँग थियो नै त्यो उसको बिषय बिज्ञतापनि हो तर उसको प्रस्तुतीमा सामाजिक चेतना, सामुहिक भावना र समाज बिज्ञान प्रतिको बुझाइको दरिद्रता थियो । उ कहिलेकहिं बनिबनाउ बढाइ–चढाइ अनाबश्यक बिषयहरुमा बढी साखुल्य बन्न खोज्दथ्यो र अन्तत कराइको दूध सिनित्तपारेर मालिकको काखमा गएर थपक्क बसेर ज्ञानिभएर म्याउ गर्ने चोर बिरालोजस्तै ब्यहोरादेखाउन सार्है खप्पिस थियो उ ।
कुनै खास प्रकृयाअनुसार संचालित ब्याबसाय र कुनैखास–खास लगानिकर्ताहरुबाहेक प्राय मालिकहरुलाइ श्रमीकहरुका समस्या, आवश्यकता र बाध्यताहरुसँग सरोकार हुदैनरहेछ । बरु मजदुर–कर्मचारिहरुबिच एकापसमा झगडागराएर बिभाजन गराउने, एउटालाइ काखिच्याप्ने र अर्कोलाइ प्रहार गर्ने अनि आफ्ना गलत आसयहरु पुरागर्ने गर्दा रहेछन् । श्रमीकलाइ यसरी अपमानित गर्छकि मानौ उ उनिहरुको भाग्य र भबिष्यदातानै हो । दासयुगमा मालिकले दासहरुलाइ गर्ने यस्तै प्रकारका अपमान, अन्याय, शोषण अत्याचारलाई सहन नसकेर स्पार्टाकसले तत्कालिन समयमा बिद्रोह गर्ने आँट गरेछन् । दासयुग जस्तो बर्बर र काहालिलाग्दो त्यो युगमा त्यसप्रकारको बिद्रोह साच्चिनै इतिहाँसको एउटा अद्वितीय कोशेढुङ्गा थियो । त्यसैगरी मानवयुग पुँजिबादी युगमा प्रवेश गरिसकेपछि उचित पारिश्रमिक र कामको निश्चित समय तालिकासहित बिश्वभरिका मजदुरहरुको अधिकारको सुनिश्चितताको निम्ती रुसि मजदुरहरुको सकृयतामा माहान अक्टोबर क्रान्ती सम्पन्न भयो र मजदुरका अधिकारहरुलाइ केही हदसम्म भएपनी सुनिश्चित गर्यो । तर आजको यो अबस्थामा पनि नेपाली श्रमजिबी मजदुरहरुले न्यून पारिश्रमिकमा यसरी आफ्नो जिन्दगी बेचिरहेका छन् । नैतिकता, स्वाभिमान र आँत्मासम्मानलाई जोगाएर इमान्दारितासाथ कामगरेर गुजारा चलाउदै बँच्न चाहने श्रमिकहरुको जिन्दगिको भबिश्य कति काहालिलाग्दो र भयाबहहुनेरहेछ भन्नेकुराको गहिरो अनुभूति भयो मलाइ ।
छन त मालिक अर्थात लगानिकर्ताको पनि आफ्नै बाध्यताहरु छन् । मनोबैज्ञानिक र भौतिक जटिलता, तनाब र पिंडाहरु छदैछन । जस्तैः लगानीपुँजि, बैंकको ब्याज, हर्जना, घरभाडा, विद्युतीयचार्ज, किस्ता,श्रमिकहरुको पारिश्रमिक, राष्ट्रिय राजनीतिको प्रभाव, गिर्दो आर्थिक अबस्था र बजार ब्याबस्थापनमा गड्बडि आदि–आदि । त्यो सबैकुरा उसको सन्तुलित बुझाइ र ब्याबाहार द्वारा हलगर्नुपर्ने हो नकि श्रमिक कर्मचारिहरुको ठेक्का नै ! तर जे होस,पुँजिबादी युगमा मजदुर र मालिकबिच यसप्रकारका छिनाझप्टिपुर्ण संघर्षहरु चलिरहन्छन । मालिक र श्रमिकबिचको हाँसो खुसी ब्याक्त गर्ने तौर तरिलामा पनि धेरै भिन्नता हुने गर्दछ । मालिक हाँस्दा केवल ओठमात्र हाँसेको हुन्छ । केबल ४÷६ वटा दाँत देखाएर केबल हासेको अभिनय गर्दछ । तर आफ्नो आँत्मासम्मानलाइ जोगाएर जिम्मेवारिलाइ इम्मान्दारिता र कुशलतापुर्बक सम्पादनगर्न सकेकोमा एउटा मजदुर हृदयभित्रदेखिनै हाँस्ने गर्दछ ताकी उसको हृदय हाँस्ने गर्दछ । कम्पनि प्रती जिम्मेवारभएर कार्यसम्पादन गर्न सकेकोमा गर्व गर्छ ।
मालिकले आफ्नो लगानि पुँजिको सावा,ब्याज,कुलनाफा र मुनाफाको बारेमा सोचिरहन्छ । हिसाबगर्न उसले कौडिस्म पनि भुल्दैन । त्यस्तै पर्यो भने नैतिकतामात्र हैन मानबिय संबेदना समेत गुमाएर श्रमिक र ग्राहाकहरुको समबेदनामाथि प्रहार गर्दछ । उसलाइ अरुहरुको समस्यासँग त झन सरोकारनै हुदैन ताकी मानबिय जिबनहरुलाइ निर्जिब प्राणिकैरुपमा बुझ्ने र ब्याबाहारगर्न समेत पछिपर्दैन । उत्पादक शक्ति र उत्पादन ससम्बन्धबिचको बुझाइको खाडलको उदाहारण हो यो । यसले ब्याबसायको भबिस्यलाइ उहिरुपमा कायम राख्न सक्दैन नै। श्रम र पुँजिको बिचको अन्तर्बिरोध वा अन्तर्सम्बन्धको बारेमा मार्क्सबादका प्रणेता, माहान बैज्ञानिक कमरेड कार्लमाक्र्सद्वारा प्रतिपादन गरिएको शिद्धान्त अतिरक्त मुल्यको शिद्धान्तले भन्न र ब्याख्या गर्न खोजेको बिषयमा नजिक बाट अध्यान र अनुभूति गरे मैलेपनि ।
समग्र रुपमा मालिकले पैसा–पैसा अनि फेरि पैसा कसरी कमाउँदोरहेछ भन्नेकुरा यो अबधिमा नकारत्मक र सकारात्मक दुबै पाटोबाट गहिरोसँग अनुभूति भयो मलाइ पनि । ताकी दुई चार सय र कहिले काहीँ त दुइचार रुपैयामा समेत श्रमिक,नियमित ग्राहक र स्वं आफन्त र नातागोताहरु सँग समेत कति तल्लोस्तर सम्म गिरेर अभद्र र तुच्छ ब्याबाहार देखाउदोरहेछ भन्नेकुरा नजिकबाट गहिरो अनुभूति भयो । पैसा,धन,सम्पती अर्जनकोलागी अपनाउनुपर्ने साम,दाम,दण्ड,भेद लगायत सम्पुर्ण हथकण्डाहरु लाई अपनाउने क्रममा श्रमिक, कर्मचारीहरुलाइ कसरी बलिको बोका ेबनाउन खोजिदोरहेछ भन्नेकुरापनि नजिकबाट अनुभूति गरेँ । लगानिकर्ता, जसले मजदुरहरुको बिबेक,श्रम, पसिनाको थोपा–थोपा बाट उसको बजेटको नाफाको ठुलोहिस्सा हातपार्छ तथा उसको सम्बृद्धिको उच्चाइथपिन्छ भने उसले श्रमिकहरुको पिँडा र मानवीय समवेदनालाई सम्मानगर्नु,आभार ब्याक्तगर्नु त परै जाओस्, बरु कौडीको मूल्य बराबर पुँजिप्राप्तिको निम्ति अरुहरुको हृदय रुवाउन तयार हुउदोरहेछ । ब्याबसायको समग्र पाटोमा त्यसले संथालाइ फाइदा घाटा के हुन्छ उसलाइ मतलब भएन तर आज अहिल्यैको कौडीचाहिँ हरहालतमा गुम्नुहुदैन । सबै सबै कर्मचारी श्रमिकहरु पनि उहीँ बिबेक,चेतना र स्वभाव उस्तै र सकारात्मक सोचका त हँुदैनन् नै । तर को सही को गलत हो भन्ने कुरा छुट्याएर तदानुकुलको आचारण र ब्याबाहार गर्नुपर्ने काम त मालिकको हो । लगानिकर्ता, साहु, महाजन र मालिकहरु यस्तै खराब, लोभी र लिच्चडहरु चाहिँ हुदैनन होला । यदि त्यस्तैहुने हो भने सायद सम्पुर्ण कारखाना र औध्योगिक क्षेत्रहरूमा सायद सधैजसो अक्टोबर क्रान्ति र बिद्रोहहरु हुनेथिए होलान् ।
मैले अनुभुतिगरेको मेरो साहु मालिक अक्सर गरेर ब्यक्तिबादी अतिवादी सोचाइ, संकुचित चेतना, निरपेक्ष बुझाइ, हृदय र बिबेकको संकुचन ,सामाजिक चेतना र भावनाको अभाब र आफ्नो अगाडि हदै सम्म चाकरी गर्ने चाटुकारलाइ भगवान् ठान्ने तर आलोचनात्मक रुपमा समग्र बस्तुगत अबस्थालाइ समेट्न खोज्ने, बहुआयमिकता र श्रीजनशिलता अपनाएर कम्पनीको हित अनुकुल चिन्तित रहने कर्मचारीहरुप्रति हरपल नकारात्मक ब्यवहार गर्नु, रचनात्मक सुझावहरुलाइ सुन्न नसक्नु, संथाको दुरगामी भबिष्यलाइ नहेरी आज, अहिल्यैको कौडि प्राप्तिको निम्ति गतिछाड्ने गर्नुहँुदैन र कम्पनीको अनर साछिकै बोस जस्तै हुनुपर्छ । बहुआयमिक चेतना, क्षमता र आफ्नै बिबेकले सुझबुझपूर्ण निर्णय लिनसक्ने हुनुपर्छ भन्ने मेरो बुझाइ हो । राष्ट्रिय पुँजिपतिहरु पनि राष्ट्र निर्माणका खम्बाहरु हुन र हुनैपर्ने हो । तर बिडम्बना, नोक्करसाहिपना, अतिबादी र निरपेक्षताबादी बुझाइ र अधैर्यतापनि निम्नपूँजिबादको बिषेषता नै हो भन्दा फरक नपर्ला । मेशिनगनसँग खेल्दा स्वतन्त्रतापुर्बक आकासमा उँड्ने चरीजस्तैअनुभुति हुन्थ्यो भने मेशिनसँग खेल्दा त्योअनुभूति हुन सक्दैनथ्यो । मेशिनगन र मेशिनसँग खेल्दाको अबधिका यथार्थ भोगाइका सजिब अनुभुतिहरुहुन् यी मेरा । क्रमश...
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij