Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

विद्यार्थी संगठनको खाँचो कि निलम्बन ?

विद्यार्थी संगठनको खाँचो कि निलम्बन ?


  • 22.8K
    Shares

    विद्यार्थी संगठनको खाँचो कि निलम्बन ?
    images

    पहिले त बिद्यार्थी संगठन भनेको बुझौं । बिद्यार्थी  संगठन भनेको राजनीतिक दलहरूले आफ्नो भगिनी संगठनको रुपमा खोलेका भातृ संगठनहरू हुन् । उदाहरणको लागि माओवादी केन्द्रको  भातृ संगठन अ.ने.रा.स्व.वि.यु. (क्रान्तिकारी), एमालेको अनेरास्ववियु र नेपाली कांग्रेसको ने. बि. संघ ।  मुलतः राजनीतिक दलहरू अन्तरगत चल्ने यी संगठनको काम विश्वविद्यालयहरूमा हुने अनिमियतता विरुद्ध जागरुक भइराख्ने, विश्वबिद्यालयको गलत पक्षको विरुद्धमा उभिने र विद्यार्थीहरूको आम समस्याको समाधानको निम्ति आवाज बुलन्द पार्दै सम्वन्धित निकायमा आवश्यकता अनुसार सहजीकरण गर्ने पहलकदमी लिने हो । 

    यस्ता सकारात्मक काम गर्नुपर्ने र गर्दै आएका भातृ संगठनहरू पछिल्लो समयमा भने केही बद्नाम र अलोकप्रिय हुँदै गएको भान हुन्छ । किनकी अहिले विद्यार्थी संगठनहरू झगडा, अमानविय हर्कत र अराजकताको भड्खालोमा फस्दै गएका छज् । पठनपाठन भन्दा रमझम र सामाजिक संजालमा झुण्डिइरहने कारणले अनेकौं सामाजिक अपराध अराजकता तर्फ विद्यार्थी संगठन डोहोरिइरहनु विडम्वनाको विषय हो । यस्तो हुँदैगयो भने विद्यार्थी संगठनको अस्तित्वनै धरापमा पर्ने खतरा देखिएको छ । यो आजको बहसको मूख्य विषयवस्तु बन्नु पर्दछ । 

    अझ राजनीतिक निकायका माथिल्ला तहमासमेत विद्यार्थी संगठनको आलोचना हुनु विद्यार्थी नेताहरूको निम्ति चिन्ताको विषय हो । 

    अन्त्यमा, बिद्यार्थी संगठन आफ्नो दायित्वबाट च्यूत र पथभ्रष्ट हुनेहो भने यो संगठनको आवश्यकतामाथि नै प्रश्चचिन्ह खडा हुन जाने निश्चित छ । यसले एउटा बहस सिर्जना गरेको छ कि यो विद्यार्थी संगठन चाहियो नै किन ? 
    त्यसैले आजका विद्यार्थी र संगठनहरूको मूल दायित्व भनेको विद्यार्थी हकहितलाई प्रोत्साहित गर्ने, पथभ्रष्ट नहुने र विद्यालय, क्याम्पस तथा विश्विद्यालयमा शिक्षक, प्राध्यापक र कर्मचारीले गर्ने अनियमितता विरुद्ध दह्रोसँग उभिएर त्यसलाई निर्मूल पार्नु नै हो । यसो गर्न सकियो भनेमात्र झण्डै ५ लाखका हाराहारिमा रहेका बिद्यार्थीहरूको भविष्य र इज्जत दुबै रहन्छ । विद्यार्थी संगठन र विद्यालय, क्याम्पस र विश्वविद्यालयका शिक्षक प्राध्यापक तथा कर्मचारी एकअर्काको विरोधी र प्रतिस्पर्धी होइन सहयोगी बन्न सक्नुपर्छ । त्यसो भयोभने मात्रै सबै पक्षको हित हुनेछ ।

    लेखक अधिकारी अखिल (क्रान्तिकारी)का नेता हुन् ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८० मंगलवार - १०:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij