Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु


  • 2.5K
    Shares

    दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

    दार्चुला । दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११: ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। 

    प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजान खोज्दा  हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो। भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ।

    हिरासतमा रहेका कुवर हतकडीसहित महाकाली नदि पारगरी भारततर्फ फरार भएका छन्। कुवरलाई महाकाली नदि पारी पट्टि भारतमा रहेको (जीआर) ले नियन्त्रणमा लिएको र अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलामा पुगेको खबर प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    हिरासतमा रहेका कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए। फरार रहेका कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो। कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो। 

    घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए।

    प्रकाशित मिति :फाल्गुण २८ २०८० सोमवार - १४:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij