Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स


  • 3.0K
    Shares

    ७ महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स

    काठमाडौं । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्ष भने रेमिट्यान्स आप्रवाह बढेको छ ।

    ७ महिनाको तथ्यांक तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो । वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको पाइएको छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले मात्र बढेको थियो ।

    यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८० आइतवार - १६:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij