Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकका संस्थापक–कर्मचारीबीच चरम असन्तुष्टि

कुमारी बैंकका संस्थापक–कर्मचारीबीच चरम असन्तुष्टि


  • 3.2K
    Shares

    कुमारी बैंकका संस्थापक–कर्मचारीबीच चरम असन्तुष्टि

    काठमाडौं । पुँजीकोषको अभावमा बचत रकम थुप्रिए पनि कर्जाप्रवाह गर्न असमर्थ रहेको कुमारी बैंकमाथि संस्थापकहरू असन्तुष्ट हुँदै गएका छन् । गत २८ माघमा सम्पन्न साधारणसभाले कुनै पनि लाभांश दिन नसक्ने जनाएपछि संस्थापक सेयर बिक्री गर्नतर्फ अग्रसर हुन थालेका छन् ।

    पुँजीकोषको दबाबमा सकस झेल्दै आएको कुमारीको वितरणयोग्य मुनाफा नै ऋणात्मक अवस्थामा रहेको छ । सो बैंकमा निक्षेपकर्ताको बचत थुप्रिए पनि पर्याप्त पुँजीकोष नहुँदा अर्को वर्ष पनि लाभांश दिन सक्ने अवस्था नरहेको विश्लेषक बताउँछन् ।

    बैंकका एक अधिकृत भन्छन्,‘ अहिले बैंकसँग पुँजीकोषको दबाबमा नै रहेको छ । उनका अनुसार पुँजीकोषको दबाबका कारण नै थप लगानी गर्न नसक्ने अवस्थामा बैंक पुगेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार पुससम्म कुमारी बैंकको ८ दशमलव शून्य ३ प्रतिशत पुँजीकोष रहेको छ । जबकि, अन्य ‘क’वर्गका वाणिज्य बैंकहरूको भने ९ प्रतिशतभन्दा माथि नै छ । नेपाल राष्ट्र बैंकले आगामी असारपछि हालको ८ दशमलव ५ प्रतिशतको प्राथमिक पुँजी कोषलाई ९ प्रतिशत पु¥याउनुपर्ने नीति बनाइसकेको छ ।

    त्यसपछि कुमारीलाई थप पुँजीकोषको समस्यामा पर्ने देखिएको छ । अहिले ८ दशमलव ५ प्रतिशत कम पुँजी कोष भएका बैंकले आगामी वर्ष पनि यस वर्षको लाभांश वितरण गर्न नपाउने भएकाले कुमारी बैंकको सेयर खरिदमा लगानीकर्ता अनिच्छुक हुँदै गएका छन् । नेपाल राष्ट्र बैंकले पुँजीकोष कायम गर्न नसक्ने बैंकलाई लाभांश वितरण गर्न रोक लगाउने भएकाले नाफा नदिने कुमारीप्रति अनिच्छुक देखिएका हुन् ।

    यस’bout जानकार रहेका संस्थापक संस्थापक सेयर पन्छाउँदै आफूलाई बैंकबाट अलग राख्न थालेका छन् । अहिले पनि कुमारी बैंक लिमिटेडको ५ लाख २५ हजार ८ सय ८० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता, बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार र खड्गबहादुर थापामगरको नाममा रहेको ८६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    बैंकको सञ्चालन एवं व्यवस्थापन पक्ष कमजोर भएकाले नै बैंक यो अवस्थामा पुगेको विश्लेषकको निचोड रहेको छ । बैंकले निक्षेप तथा कर्जाप्रवाहमा सामान्य सुधार गरे पनि अपेक्षित सुधार गर्न नसक्दा बैंकका अन्य परिसूचकहरू नकारात्मक हुन पुगेका छन् ।

    अन्य बैंकलाई गाभ्दै पूर्ववत् बैंकका सञ्चालक र कर्मचारीलाई डुबाउन माहिर बनेको वर्तमान सञ्चालक र व्यवस्थापकप्रति लगानीकर्ताको विश्वास गुम्दै गएको छ । बैंकले कर्जा पनि प्रवाह गर्न नसक्ने भएपछि उद्यमी व्यवसायीको पनि विश्वास नभएको बैंकका रूपमा कुमारी गनिन थालेको छ ।

    कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र देव विकास बैंकलाई प्राप्ति गरेको थियो । ‘ख’ र ‘ग’ वपर्गका बैंकलाई गाभ्दै आएको सो बैंकले विवादास्पद बनेको नेपाल क्रेडिट एन्ड कर्मस बैंक (एनसीसी)लाई मर्ज गरी आफूमा गाभेको थियो ।

    llll.jpg

    आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई गाभे पनि कुमारी बैंकको अवस्था भने खस्किँदै गएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबरा र व्यवस्थापकीय प्रमुख रामचन्द्र खनालले प्राप्ति तथा मर्जरमार्फत जोडिएर आएका कर्मचारीलाई गर्ने हेपाहा र सौतेली व्यवहारका कारण कर्मचारीको मनोबल खस्किँदै गएको छ । जसले गर्दा बैंकमा जाने सर्वसाधारण ग्राहकसँग कर्मचारीले रुखो व्यवहारसमेत गर्न थालेको छन् ।

    बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार पनि बैंकको वित्तीय अवस्था खस्किएको प्रस्टरूपमा देखिन्छ । हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ रहेको बैंकले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १ करोड २० लाख ७० हजार ९ सय ४६ रुपैयाँ खुद मुनाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको यस्तो नाफा घटेर ८६ करोड ७२ लाख ११ हजार ४ सय ७९ रुपैयाँ मात्र रहेको छ । खुद मुनाफा घट्दा बैंकको वित्तरणयोग्य नाफा १ अर्ब ३३ करोड ३७ लाख ८७ हजार ४ सय १५ रुपैयाँले ऋणात्मक देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८० आइतवार - ०५:०६:२८ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij