Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साँगा स्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुला

साँगा स्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुला


  • 2.7K
    Shares

    साँगा स्थित पुलिस स्कुलमा ४ देखि ६ कक्षासम्म भर्ना खुला

    काठमाडौँ । काभ्रेको साँगा स्थित नेपाल पुलिस स्कुलमा भर्ना खुलेको छ । कक्षा ४, ५ र ६ कक्षामा नयाँ भर्नाको लागी पुलिस स्कुल साँगाले दरखास्त आह्वान गरेको हो ।

    नेपाल प्रहरीको कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित सो स्कुलमा प्रहरी कर्मचारीले ६० प्रतिशत र सर्वसाधारणका सन्ततिले ४० प्रतिशत सिटमा भर्ना हुन पाउँछन् । शैक्षिक सत्र २०८१ का लागी चार कक्षामा ३ सेक्सन, पाँच कक्षामा २ सेक्सन र ६ कक्षामा १ सेक्सन नयाँ विद्यार्थी भर्ना गर्न लागिएको विद्यालयका समादेशक डीएसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।

    इच्छुक विद्यार्थीहरूले चैत १५ सम्ममा फारम भरेर परीक्षामा सहभागी हुन् पाउनेछन् । २०८० चैत १७ मा साँगामा प्रवेश परीक्षा सञ्चालन गरिने समादेशक भट्टले जानकारी दिए । चैत १८ मा प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्ने गरी विद्यालयले सूचना प्रकाशन गरेको छ ।

    सूचना अनुसार कक्षा चारमा १२० जना, कक्षा पाँचमा ८० जना र कक्षा ६ मा ४० जना विद्यार्थी भर्ना लिइने छ । स्कुलको वेबसाइट www.nps.edu.np मार्फत अनलाइन माध्यमबाट आवेदन फारम भर्न सकिने डीएसपी भट्टले बताए । 

    प्रकाशित मिति :फाल्गुण २३ २०८० बुधवार - १०:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij